जनसेवी लघुवित्तले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
मेगा बैंकको शाखारहित सेवा उदयपुरमा, जग्गा धितोमा १० लाखसम्मको कर्जा दिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । उक्त बैंकिङ सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्त रुपमा गरेका हुन् । त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताएका छन् । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैंकको शाखा नै विस्तार गर्न उनले आग्रह गरेका छन् । शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैयाँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताएका छन् ।
अब नेपाल बैंकले प्राइम लाइफको इन्स्योरेन्स सेवा दिने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रतापशाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, जिवन बीमाकोष ६ अर्ब ५३ करोड रकुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ रहेको ।