एनएमबी बैंकले पायाे ‘बैंक अफ दि इयर २०१८’ अवार्ड
काठमाण्डौ । बेलायतस्थित द फाइनान्सियल टाइम्सले प्रदान गर्दै अाएकाे ‘बैंक अफ दि इयर २०१८’ अवार्ड एनएमबी बैंकले पाएकाे छ । एनएमबीले २०१७ मा पनि यस्ताे अवार्ड पाएकाे थियाे । लगातार उपाधि पाएकोमा खुशी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई बधार्इ तथा शुभकामना व्यक्त गरेका छन् । बैंककाे रणनीतिलार्इ कार्यान्वयन गर्न कर्मचारीले पुर्याएकाे याेगदानकाे कदर गर्दै ग्राहकलार्इ उत्कृष्ट सेवा दिन प्रेरित गरेका छन् । ‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ’ केसीले भनेकाे छन् । उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।
ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले हाल १३२ शाखा, १४१ एटिएम,६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर ,१०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौता पश्चात नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।
जनरल इन्स्योरेन्स कम्पनी र देवःविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र देवः विकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोट बीच भेट वार्ता भएकाे थियाे । भेट्मा दुवैले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका छन् ।