नबिल बैंकको भिसाकार्ड क्यास-ब्याक योजना शुरु, ग्राहकले १० प्रतिशत नगद फिर्ता पाउने

<p>काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड लिने ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड बाक्ने ग्राहकहरुले १० प्रतिशत नगद फिर्ता पाउनेछन् । यस योजना अन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट कारोबारको १० प्रतिशत अथवा अधिकतम [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड लिने ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड बाक्ने ग्राहकहरुले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।

यस योजना अन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट कारोबारको १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ नगद फिर्ता पाउनेछन् ।

यो योजना मंसिर १४ गतेदेखि पुस १६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

Share News