किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद दिने
काठमाडौं । किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त प्रयोजनको लागि बैंकले आगामी पुस ७ गते साधारणसभा बोलाएको छ । कैलालीस्थित आफ्नै भवन निर्माण स्थल परिसरमा बोलाइएको साधारणसभामा माइक्रोफाइनान्सले कर प्रयोजनका लागि १.५३ प्रतिशतले हुन आउने ७ लाख ३३ हजार रुपैंया बराबरको नगद लाभांशका साथसाथै १ करोड ३९ लाख ३४ हजार बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त बोनस शेयरपछि हुन आउने १७ करोड २० लाख चुक्ता पुाजीको बराबर हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसो गर्दा फाइनान्सको चुक्ता पुजी ३४ करोड भन्दा बढी पुग्नेछ । साधारणसभा तथा बोनस र हकप्रद शेयर प्रयोजनका लागि माइक्रोफाइनान्सले २९ गतेका लागि बुक क्लोजको दिन तोकेको छ । उक्त हकप्रद र बोनसका लागि शेयरधनीले मंसिर २८ गतेसम्म शेयर सुरक्षित गर्नुपर्नेछ ।
चौतारी लघुवित्तको आईपीओ मंसिर १९ गतेदेखि खुल्ने
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले चुक्ता पुँजीको ६ करोड रुपैंया बराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । धितोपत्र बोर्डको स्वीकृतिपछि विवरणपत्र लिएर नेपाल राष्ट्रबैंक पुगेको लघुवित्तको विवरणपत्र राष्ट्रबैंकले गत बिहीबार स्वीकृत गरेसँगै लघुवित्तले आईपीओ निष्कासन मिति तय गरेको हो । स्वीकृत ६ लाख कित्ता शेयरमध्ये लघुवित्तले ९३०० कित्ता कर्मचाारीका लागि र ३०००० कित्ता म्युचुअल फण्डका लागि छुट्टाएको छ । बाँकी ५ लाख ६० हजार कित्ता शेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । सर्वसाधारणले उक्त कम्पनीको आईपीओका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३००० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि आवेदन दिने अन्तिम दिन छिटोमा मंसिर २३ गतेका लागि र ढिलोमा पुस १९ गतेसम्मका लागि तोकिएको छ । रुपन्देहीको वुटवल मुख्य कार्यालय रहेको लघुवित्तले गत आर्थिक बर्षमा १ करोड २ लाख रुपैंया नाफा कमाएको थियो जुन प्रतिशेयर २०.०९ प्रतिशत हो ।
१० प्रतिशत बोनस पारित गर्न एनआईसी एशियाले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर दिने लगायतका साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न एनआईसी एशिया बैंकले आफ्नो २१ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पौष ४ गते सानेपा स्थित हेरिटज गार्डेनमा बस्ने गरी साधारणसभा बोलाएको हो । बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त स्थान तथा समयमा साधारणसभा बस्ने गरी निर्णय गरेको बैंकले जनाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १९ गते देखि साधारणसभाको दिनसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार बैंकको १० प्रतिशत बोनस सेयर प्राप्त गर्न यही मंसिर १८ गतेसम्म शेयर खरिद गर्न लगानीकर्ताले शेयर खरिद गरिसक्नुपर्नेछ भने हालका शेयरधनीले उक्त दिनसम्म शेयर होल्ड गर्नु पर्नेछ । बैंकले आफूसँग रहेको ८ अर्ब ३ करोड चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ८० करोड ३० लाख थप गरी चुक्ता पुँजी ८ अर्ब ८३ करोड पुर्याउनेछ । साथै कर प्रयोजनका लागि लाग्ने ०.२५६ प्रतिशत हुने गरी ४ करोड २२ लाख कराबरको नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । त्यसैगरी बैंकले आफु र आफ्ना सहायक कम्पनीहरु एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त समेतको एकीकृत वित्तीय विवरण समेत पारित गर्ने एजेन्डा तय गरेको छ ।