एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे बढुवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका थिए । नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आइका थिए । नायब प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेले सोमबार नै पदभार ग्रहण गरेका छन् ।

युनाइटेड इन्स्योरेन्स र जनता बैक बीच बैंकास्योरेन्स सम्झौता

                काठमाडौं । जनता बैंक नेपाल र युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्री र इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता भए सँगै जनता बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरुबाट लिन सक्ने भएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा लिन सकिनेछ ।