नेपाल बङ्गलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफा सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश कर समेत गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ । हाल [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफा सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश कर समेत गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

Share News