कैलाश बैंकको ३ वर्ष ३ महिनामा डेढ गुणा मुद्दती निक्षेप योजना
काठमाडौं । कैलाश विकास बैंकले १.५ गुणा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी निक्षेपकर्ताले आफूले जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । एक लाखको न्युनतम मौज्दात मै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ । यसका अलावा बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ । जसमा संस्थागत निक्षेपकर्ताका लागी ११.७५५ र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० ५ व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने बैंकले जनाएको छ । यी निक्षेप योजनाहरु सिमित अवधीका लागी मात्र रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा कामना सेवा बिकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ इन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने छन् ।
सिटिजन्स बैंकले गैर सरकारी संस्था “वुमन एक्ट” लाई दियो एक लाख रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “वुमन एक्ट” नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको उक्त संस्थालाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका छन् । भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका संचालक अधिकारीले बताए ।