सिटिजन्स बैंकले गैर सरकारी संस्था “वुमन एक्ट” लाई दियो एक लाख रुपैयाँ

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “वुमन एक्ट” नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको उक्त संस्थालाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “वुमन एक्ट” नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको उक्त संस्थालाई सो मात्राको आर्थिक सहयोग गरेको हो ।

बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका छन् । भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका संचालक अधिकारीले बताए ।

Share News