सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ । साथै कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मूल्यकोे आईपोओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँने भएको छ ।

एनसीसी बैंकको सेयर लिलाममा प्रमोटर सेयर १०१ मा र साधारण सेयर २०० मा कटअफ

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लिलामीमा राखेको करिव ७९ लाख १० हजार कित्ता सेयर सबै बिक्री भएको छ । बैंकको साधारण सेयर प्रतिकित्ता २०० भन्दा बढी मूल्यमा आवेदन गर्नेले पाएका छन् भने प्रमोटर सेयर १०१ रुपैयाँमा आवेदन गर्नेले पाएका छन् । तर प्रमोटर सेयर विद्यमान प्रमोटर सेयरधनीले मात्र पाएका छन् । यसअघि प्रमोटर सेयर नभएकाले १०२ रुपैयाँ भन्दा बढी मूल्य कबोल गरे पनि नपाएको निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका अनुसार संस्थापक समूहतर्फ १०१ रूपैयाँ कटअफ भएको छ । साधारण समूहको सेयर २०० भन्दा कममा आवेदन गर्नेले नपाउने भएका छन् । साधारण सेयरतर्फ क्वालिफाइड आवेदन छनौट गर्दा कटअफ मूल्य केही परिवर्तन हुनसक्ने बताइएको छ । नागरिक लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँको दरले करिव ३५ लाख कित्ता संस्थापक सेयर हात पारेको छ । कोषले ७९ कित्ता सेयर नै लिन आवेदन गरेको थियो । कोषले संस्थापक समूहतर्फ १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँको र सर्वसाधारण समूहतर्फको सेयरका लागि २६ करोड ६२ लाख ९१ हजार रुपैयाँमा आवेदन दिएको हो । कोष बैंकको संस्थापक र साधारण सबै सेयर किन्न ९२ करोड ४४ लाख ८८ हजार रुपैयाँ बुझाएको थियो । बैंकमा कोषको प्रवेश र एनबी समूहको हिस्सामा आएको गिरावटसँगै बैंकमा विद्यमान सेयरधनीमा खुशी देखिएको छ । एनसीसी बैंकको बोर्डमा अब एनबी समूहको सेयर करिव ११.५ प्रतिशतमा सीमित भएको छ । एनसीसी बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १९८ कित्ता शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बोलपत्र आह्वान गरेको थियो । पुस ११ देखि २० गतेसम्म आवदेन खुला रहेकोमो संस्थापक समूहतर्फ ११९ वटा र सर्वसाधारणको लागि ४ हजार ९२२ वटा आवेदन परेका थिए ।

सिद्धार्थ बैंकको अब अनलाइन खाता खोल्न सकिने

काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यम खाता खोल्ने सुविधा ल्याएको छ । आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाबाट नेपाली तथा गैरआवासीय नेपाली (एन्आरएन) नागरिकले देश र विदेशबाट खोल्न सकिनेछ । कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइट www.siddharthabank.com मा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सकिने भएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वाट्या बलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ । सिद्धार्थ बैंकले देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखा रहित बैंकिङ्ग सेवा, १४१ एटिएम र १ हजार १ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।