कैलाश विकास बैंकले १७ प्रतिशत लाभांश पास

<p>काठमाडौं । कैलाश विकास बैंकको पच्चीसौं बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको बताइएको छ । कैलाश विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । अत्याधुनिक प्रविधिको उपयोग गर्दै यस बैंकले ८० वटा शाखाबाट [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंकको पच्चीसौं बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको बताइएको छ ।

कैलाश विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ ।

अत्याधुनिक प्रविधिको उपयोग गर्दै यस बैंकले ८० वटा शाखाबाट समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको थियो । बैकका सञ्चालक उद्घवराज पुरीले स्वागत गरेको पच्चीसौं बार्षिक साधारण सभाको संचालन बैंकका कम्पनी सचिव प्रकृतिराज तिमिल्सिनाले गरेका थिए ।

Share News