काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्मको छुट पाउनेछन् । यसमा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाइनेछ ।
त्यस्तै, भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछन् । क्रेडिट कार्डबाट अधिकतम १ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
छुट लिन ग्राहकले दराज एपमा रहेको ‘१०–१० दशैं धमाका’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ खण्डमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ । संकलन गरिएको भाउचर दराज प्रोफाइलको ‘माई भाउचर्स’ मा सुरक्षित हुनेछ ।
त्यसपछि कम्तीमा १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेबिट/क्रेडिट कार्ड छनोट गरेर सिद्धार्थ बैंकको कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकका अनुसार दशैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको हो । यसले ग्राहकलाई डिजिटल भुक्तानीका सहज तथा सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने बैंकको विश्वास छ ।
अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।