सिटिजन्स बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा
काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकका ८१ औं शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको हो । सिटिजन्स बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदाहरण हुन् । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकि सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकको सहयोग रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
अब सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा
काठमाडौं । अब सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणाली(एनसीएचएल–इसीसी) सेवामा आवद्ध भएको छ । उक्त सेवाको लागि बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच बिहीबार एनसीएचएल-इसीसी र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सहारा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनयकुमार शाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोबारहरुलाई राफसाफ गराउने उदेश्यका साथ आजबाट विद्युतीय एनसीएचएल–इसीसको सेवा शुरु गरेको छ ।
प्राइम बैंकको नयाँ शाखा पाँचथरको फालेलुङ गाँउपालिकामा
काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । ६९ औं शाखा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालयको उद्घाटन गरेका थिए । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको थियो । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।