भार्गव विकास बैंकले घोषणा गर्यो ६ प्रतिशत नगद लाभांश
काठमाण्डौ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७५ को नाफाबाट वितरण गर्ने गरी नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । चुक्तापूँजी ५० करोड १६ लाखको ६ प्रतिशत बराबर हुन आउने रकम ३ करोड छयानब्बे हजार रुपैयाँ नगद लाभांशका लागि घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि नगद लाभांश बितरण गरिने कम्पनीका प्र्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।
मेगा बैंकद्धारा क्यान्सर र आँखा शिविरलाई सहयोग
काठमाडौँ । मेगा बैंक नेपालले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्यनिय सहभागिता थियो । नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंंले परामर्श र उपचार पाएका छन् । शिविरमा मेगा बैंकका ग्राहक तथा परिवारको बढी सहभागिता थियो ।
मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिक उत्सवको अवसरमा सहयोग प्रदान
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । काठमाडौंको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । केन्द्रिय कार्यालय काठमाडौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छ । बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।