काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकका ८१ औं शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ ।
सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको हो ।
सिटिजन्स बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदाहरण हुन् । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकि सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकको सहयोग रहेको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।