माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष डा.महतोले गरे सपथ ग्रहण
काठमाडौं । माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. विरेन्द्रप्रसाद महतो अध्यक्ष पदमा घोषित भएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । बैंकको देशभरि ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा छन्र ।
प्रदेश नं ७ को धनगढीमा सिटिजन्स बैंकको प्रादेशिक कार्यालय
काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार विस्तारका एवंम शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयलकाे काम सम्पादन गर्ने बैंकले जनाएको छ । प्रदेश नं ७ मा रहेका ९ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २० हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले प्रादेशिक कार्यालयहरु : प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगञ्जको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगञ्जमा, र प्रदेश नं ६ को सुर्खेतमा स्थापना गरिसकेको छ । देशभरि हालसम्म ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।,
कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा अब बाराको बरियापूरमा
काठमाडौं । बारा जिल्लाको बरियापूरमा कृषि विकास बैंकले अनलाईन बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र भू.पु.सांसद शिवचन्द्र प्रसाद कुशुवाबाट संयूक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् । कृषि विकास बैंक क्षेत्रिय कार्यालय, विरगञ्जका निर्देशक बाबुकाजी थापाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक शाखा कार्यालय बरियापूरका प्रबन्धक बाबुराम देवकोटाले गरेका थिए । समदुघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउंदै यो बैंक स्थानीय जनताको चाहान अनुरुप यस शाखालाई पूर्णरुपमा आधुनिकीकरण गरियो । सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगञ्जका शा.प्र. रामचन्द्र अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको संचालनत क्षेत्रिय कार्यालय विरगंजका शा.प्र. नारायणप्रसाद शर्माले गर्नु भएको थियो । उद्घाटन कार्यक्रम समापन भएपछि बैंकमा कार्यरत कर्मचारीहरुको समेत उपस्थितीमा सो क्षेत्रका विभिन्न पेशामा लाग्नु भएका किसान,उद्यमी व्यवसायीहरुसंग उल्लेखित क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि बैंकले पु¥याउने सक्ने विषयमा अनौपचारिक छलफल गरियो । छलफलका क्रममा उठेका प्रश्न/जिज्ञासाहरुको जवाफ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्य र क्षेत्रिय निर्देशक बाबुकाजी थापाले जानकारी दिएका थिए ।