एनआईसी एसिया बैंकले पायो आईएसओ ९००१:२०१५ प्रमाणपत्र

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस्)/यूकेएएस–यूकेले प्रदान गरेको हो । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस्)/यूकेएएस–यूकेले प्रदान गरेको हो ।

पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले यो अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाएको हो ।

हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Share News