काठमाडौं । बारा जिल्लाको बरियापूरमा कृषि विकास बैंकले अनलाईन बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र भू.पु.सांसद शिवचन्द्र प्रसाद कुशुवाबाट संयूक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् ।
कृषि विकास बैंक क्षेत्रिय कार्यालय, विरगञ्जका निर्देशक बाबुकाजी थापाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक शाखा कार्यालय बरियापूरका प्रबन्धक बाबुराम देवकोटाले गरेका थिए । समदुघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउंदै यो बैंक स्थानीय जनताको चाहान अनुरुप यस शाखालाई पूर्णरुपमा आधुनिकीकरण गरियो ।
सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगञ्जका शा.प्र. रामचन्द्र अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको संचालनत क्षेत्रिय कार्यालय विरगंजका शा.प्र. नारायणप्रसाद शर्माले गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम समापन भएपछि बैंकमा कार्यरत कर्मचारीहरुको समेत उपस्थितीमा सो क्षेत्रका विभिन्न पेशामा लाग्नु भएका किसान,उद्यमी व्यवसायीहरुसंग उल्लेखित क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि बैंकले पु¥याउने सक्ने विषयमा अनौपचारिक छलफल गरियो । छलफलका क्रममा उठेका प्रश्न/जिज्ञासाहरुको जवाफ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्य र क्षेत्रिय निर्देशक बाबुकाजी थापाले जानकारी दिएका थिए ।