एनआईसी एशिया बैंक र वोल्ड रेमिटबीच रेमिटेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वोल्ड रेमिट, यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो । वोल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वोल्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०% ले वृद्घि भइरहेको छ । उक्त सम्झौता अनुसार वोल्ड रेमिट मार्फत कतार, साउदी अरबिया, युएई, कुवेत, जापान, क्यानडा, अस्टे«लिया, न्यूजलेन्याण्ड, यूके, यूएस्ए र यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका छन् । नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । वोल्ड रेमिटको ग्राहकले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाइल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने व्यवस्था रहेको छ । यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुनेछ । वोल्ड रेमिटले ग्राहकहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै केस पिकअप तथा व्याक टान्सफरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कुलकर्जा करिब रू. १४७ अर्ब रहेको छ । हालसम्म बैंकका ग्राहक संख्या करिब १४ लाख रहेको छ ।
प्रतिष्ठा र प्रतिफल बढाउँदै एनएमबि बैंक, पुराना बैंकलाई उछिन्दै बढी लाभांश दिनेमा तेस्राे
काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान अवार्ड । यस्तो सौभाग्य पाउने बैंक हो एनएमबि बैंक । नेदरल्याण्डको एफएमओ मार्फत बैंकले अन्तराष्ट्रिय पूँजी, प्रबिधि र वर्किङ कल्चर समेत प्राप्त गरिरहेको छ । बैंकको प्रतिफल पनि राम्रै छ । एनएमबिले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्दैछ । जसमा १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ । पुस २६ गतेको साधारण सभाबाट पारित भएपछि एनएमबिका लगानीकर्ताले ३० प्रतिशत लाभांश पाउने छन् । ८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकले ३० प्रतिशत नगद लाभांश दिनुलाई चानचुने भन्न मिल्दैन । वाणिज्य बैंकहरूमा बढी लाभांश दिनेमा एनएमबि यस वर्ष तेस्राे स्थानमा छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट र दाेस्राेमा नविल बैंक रहेका छन् । यसवर्ष प्रस्ताव गरिएको ३० प्रतिशत लाभांशमा एफपिओ बिक्रीबाट प्राप्त गरेको आम्दानीको हिस्सा पनि जोडिएको छ । एनएमबि बैंकले गत जेठमा प्रिमियम मूल्यमा प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार कित्ता फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गरेको थियो । जसबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गरेको थियो । एफपीओमा सेयर पाउनेले अघिल्ले आर्थिक बर्षकाे नाफाबाट १५ प्रतिशत बोनस सेयर पाएका छन् । १५ प्रतिशत बाेनस सेयर लिएकाे छ महिना नवित्दै फेरी १० प्रतिशत बाेनस सेयर र २० प्रतिशत नगद लाभांश पाउँदैछन् । ११० वटा शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर र ९६ वटा एटीएम नेटवर्कले बैंकको पहुँच र व्यवसायलाई फराकिलो बनाईरहेको छ । बाणिज्य बैंकका शाखाहरु नपुगेका स्थानीय तहरुमा केन्द्रिय बैंकको निर्देशनपछि पुगेको बैंकले आक्रामक बजार विस्तारको रणनीति बनाएको देखिन्छ । बैंकले चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा आफ्नो नाफा ५५ करोड पुर्याएको छ । उक्त रकम अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा करिब २० प्रतिशतले बढी हाे । चालु आर्थिको वर्षको असोज मसान्तसम्म बैंकको जगेडा कोषमा ८ अर्ब ७२ करोड रुपैयाँ संचित भएको छ । त्यस्तै, निष्क्रिय कर्जा(एनपीएल) ०.७६, कस्ट अफ फण्ड ७.३८ र कर्जा निक्षेप अनुपात(सिसिडी) ७८.३१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.६८ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा छ । बैंककाे पर्फमेन्स राम्राे भएपनि सेयर मूल्य भने घटेकाे छ । २०१८ जनवरी १० मा प्रतिकित्ता ४५४ रुपैयाँ रहेको बैंकको सेयर मूल्य २०१९ जनवरी ९ मा प्रतिकित्ता ३२६ रुपैयाँमा झरेको छ । तर याे घटाइ समग्र बजारकाे घटाइकाे तुलनामा खराव हाेइन । हाल बैंकको अध्यक्षमा पवनकुमार गाल्यान रहेका छन् । बैंकको संचालक समितिमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट निको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट हरिश्चन्द्र सुबेदी, हरिबाबु न्यौपाने, स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे र वैकल्पिक सञ्चालकमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट नन्दकिशोर रथी रहेका छन् । प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् ।
उदयपुरको ताप्ली गाँउपालिकामा प्राइम कमर्सियल बैंकको शाखा
काठमाडौं । प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको उद्घाटन गरेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको उद्घाटन गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।