मुक्तिनाथ विकास बैंकले ल्यायो नयाँ सेवा, अब घरमै बसेर खाता खोल्न सकिने

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसि बसि खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्ने छन् ।  उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसि बसि खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको हो ।

देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्ने छन् ।  उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् ।

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News