काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार विस्तारका एवंम शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयलकाे काम सम्पादन गर्ने बैंकले जनाएको छ
।
प्रदेश नं ७ मा रहेका ९ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २० हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले प्रादेशिक कार्यालयहरु : प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगञ्जको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगञ्जमा, र प्रदेश नं ६ को सुर्खेतमा स्थापना गरिसकेको छ ।
देशभरि हालसम्म ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।,