काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकममा नयाँ शाखाको उद्घाटन गरि कारोबार शुरु गरेको छ । बैंकका संचालक अच्युुतप्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
हालसम्म बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले बताउँदै मेयर उपाध्यायले बैंकसंग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ्ग सेवा पुर्याउन बैंकलाई सक्दो सहयोग गर्ने जानकारी दिएका छन् । सोही अवसरमा उपमेयर दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्षहरु तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी रामबहादुर कठायतको पनि उपस्थिति रहेको थियो ।
हालसम्म बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताएका छन् ।