सिद्धार्थ बैंकको अब अनलाइन खाता खोल्न सकिने

<p>काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यम खाता खोल्ने सुविधा ल्याएको छ । आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाबाट नेपाली तथा गैरआवासीय नेपाली (एन्आरएन) नागरिकले देश र विदेशबाट खोल्न सकिनेछ । कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइट www.siddharthabank.com मा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सकिने भएको [&hellip;]</p>

काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यम खाता खोल्ने सुविधा ल्याएको छ ।

आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाबाट नेपाली तथा गैरआवासीय नेपाली (एन्आरएन) नागरिकले देश र विदेशबाट खोल्न सकिनेछ ।

कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइट www.siddharthabank.com मा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सकिने भएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वाट्या बलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

सिद्धार्थ बैंकले देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखा रहित बैंकिङ्ग सेवा, १४१ एटिएम र १ हजार १ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News