ट्वाइलेटमा बसेर मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक
आजभोली मोबाइल मानिसको जिन्दगीको अहम् हिस्सा भइसक्यो । मानिसलाई मोबाइलबिना एक मिनेट पनि रहन गाह्रो पर्छ । यतीमात्र होइन धेरैजसो शौचालयमा पनि मोबाइल लिएर जानेगर्छन् । मोबाइल फोन डायरी मात्र नभई अब दैनिक पत्रिका जस्तो भइसकेको छ । एक समय यस्तो पनि थियो जब मान्छे पत्रिका वा म्यागजिन लिएर ट्वाइलेट जानेगर्दथे । अब ती मानिसहरु मोबाइल लिएर ट्वाइलेट जानेगरेका छन् । तर के तपाईंलाई थाहा छ ? जब तपाईंले ट्वाइलेटमा मोबाइल लानुहुन्छ भने तपाईंको मोबाइलमा ब्याक्टेरिया जस्तो खतरनाक किटाणु टासिन्छन् । ट्वाइलेटबाट निस्केपछि तपाईंले हात धुनुहुन्छ होला । तर तपाईंले मोबाइल त धुन मिल्दैन । तपाईं फेरि मोबाइल चलाउनुहुन्छ । तपाईंका हातमा किटाणु बस्छन् र तपाईंले हात धोएको बेकार हुन्छ । सार्वजनिक शौचालयमा यस्तो स्थिती झन् भयानक हुन्छ । अफिस, कुनै होटल वा रेष्टुरेन्टको सार्वजानिक ट्वाइलेटमा मोबाइलको प्रयोग गर्दा विभिन्न खतरनाक ब्याक्टेरिया पनि सम्पर्कमा आउछन् । मोबाइलमा ब्याक्टेरियाको जोखिम बढी नै हुन्छ । मोबाइलको प्रयोग गर्दा तात्छ । जसले गर्दा ब्याक्टेरियालाई जिवित राख्न र हुर्किनका लागि तातो वातावरण उपयुक्त हुन्छ। यही मोबाइल हामी खाना खाँदा पनि प्रयोग गर्छौं । यही बेलामा हातमा लागेको तेलपनि मोबाइलमा लाग्छ । यसले पनि ब्याक्टेरियालाई बढ्नमा मद्दत पुर्याउछ । पुरानो चलन अनुसार ट्वाइलेटमा मोबाइल फोन लानुको साटो अखबार वा म्यागजिन लानु बुद्धिमानी हुन्छ । वा ट्वाइलेटमा खाली हात जानु नै सबैभन्दा उत्तम तरिका हुन्छ। केही समय दिमागलाई खाली राख्नु पनि पर्छ ।
चलचित्र ‘स्काउट’ भाद्र ८ गते देखि सिनेमा घरमा प्रदर्शन हुदै
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर चलचित्र निर्माता मदुकुमार श्रेष्ठको चलचित्र स्काउट भाद्र ८ गतेदेखि रिलीजमा आउने भएको हो । चलचित्रमा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । ‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिसेष सो समेत भैसकेको छ भने यस चलचित्रलाई दर्शक हरुले अत्याधिक मन पराएको र नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्तको जोडीलाई दर्शकहरुले बिशेष मन पारएको र उनीहरुको अभिनयले दर्शकहरुको मनमा छाप छोड्न सफल भएको कुरा निर्माता मदुकुमार श्रेष्ठ बताउछन् । समसामाहिक कथा बस्तुमा आधारित यस चलचित्र एकदम राम्रो बनेको र नेपाली चलचित्र प्रेमीहरुको बीच छुट्टै पहिचान बनाउन सफल हुने कुरामा नायक नबराज श्रेष्ठ बिस्वस्त छन । साथमा चलचित्र हल सम्म गएर चलचित्र हेरी प्रतिक्रिया दिन समेत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु समक्ष उनले आग्रह गरेका छन ।
वागमति जस्तै चक्रपथ सफाई अभियान सुरु, पहिलो शनिबार १३ फोहोर संकलन
काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु भएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो । पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको हो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो । सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो । सफाईमा पाँंच सय वढीको सक्रिय सहभागिताका थियो । स्थानीय, सशस्त्र प्रहरी , नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जन प्रतिनिधिहरु सरसफाईमा जुटेका थिए । वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हास्यकलाकार श्रीकृष्ण सिम्खडालगायतका विशिष्ठ ब्यक्तित्वहरु पनि सहभागी रहेका थिए । सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भने, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं । कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो । चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो । अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको उनले बताए । चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । संकलित फोहरलाई फोहर उठाउने गाडीमा राखी काठमाण्डौं महानगरपालिका वडा नम्वर १३ ले ब्यवस्थापन गरिएको थियो । सफाई अभियानमा नार्गजुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी , काठमाण्डौ महानगरपलिका १३ नंम्वर वडा अध्यक्ष धुर्वनारायण मानन्धर वडा सदस्य रामवावु कोईराला , नागरर्जुन नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष करण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना , ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन , नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका थिए ।