नेपाल विज्ञापन संघले नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने
काठमाडौं । नेपाल विज्ञापन संघले भदौ २६ गते नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा एएफएएका अध्यक्ष रेमण्ड सो तथा प्रमुख अधिकृत भरत अभलानिले कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन राजधानी आइपुगेका छन् । नेपाल विज्ञापन संघका अध्यक्ष तथा पदाधिकारिहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल विज्ञापन संघले २०५८ देखि एएफएएको सदस्यको रुपमा एएफएएका बिभिन्न गतिबिधिमा सकृय रुपमा सहभागिता गर्दे आएको छ । नेपाल आईस नवौं कृति अवार्डमा २७ एजेन्सिले २४ वटा बिभिन्न बिधामा भाग लिंदैछन जस्को घोषणा भदौ २६ गते होटेल सोल्टिमा गरिदैेछ कार्यक्रमको प्रत्यक्ष प्रशारण टेलिभिजनबाट हुने जानकारी दिएको छ । साझ ४ बजे बाट सुरु हुने यो कार्यक्रम तिनघण्टा सम्म चल्नेछ । कार्यक्रमको प्रमुख आतिथ्यता संचार मन्त्रिबाट हुने संघले जानकारी दिएको छ ।
ओ एस नेपालले संगितकारलाई म्युजिक अवार्ड दियो
काठमाडौं । ओएस नेपालले गित संगितका क्षेत्रमा उत्कृष्ट काम गर्ने श्रष्टालाई सम्मान गरको छ ।ओएस नेपालले शुक्रवार गीत संगीतको साधनामा लागेका ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । कम्पनीले शुक्रवार ओ एस नेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । सम्मानीत हुनेमा लोक गीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गित संगीत क्षेत्रका साधकलाई सम्मान गरेको हो । लोकदोहोरी तर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडल तर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड प्राप्त गरेका छन् ।त्यसैगरी वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दिपक विष्ट परेका छन् । लोकगित तर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गितमा सर्वोत्किस्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारे । आधुनिक गितको नव गायकमा सुरेन गौतमलाई सम्मानित गरेको छ । पप संगितमा अमित जावला, महिला तर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पप गीत नव गायकमा रुदेश डंगोलले अवार्ड पाएका छन् । वेष्ट पप गीत फिमेल पूजा गुरुगं अगाडी आएकी छन् । जसमा नेवारी गित तर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गितमा गायक संतोष राज अवार्डका लागि चुनिए । ओ एस अवार्डमा राष्ट्रिय गित लिरिक्समा उमेश लम्साल छानीए । पप गित संगित तर्फ वेस्ट म्युजिक भिडियो डाइरेक्टर, पपमा सुरेश श्रेष्ठ, वेष्ट पप गीत फिमेल रिता गुरुगंले अवार्ड हात पारिन् । सबै विधामा उत्कृष्ट हुनेहरुलाई वरिष्ठ गायिका तिर्थकुमारी थापाले पुरस्कार वितरण गरेकी थिइन् । लिरिक्स विधामा सम्मानित भएपछि लाइट नेपाललाई संक्षिप्त प्रतिकृया दिँदै उमेशले सांगीतिक क्षेत्रमा लागेपछिको यो आफ्नो पहिलो अवार्ड भएको बताए । “उनले भने संगित क्षेत्रमा लागिरहँदा कहीं कतैवाट त्यसको मुल्याकंन हुने रहेछ भन्ने मैले महशुष गरेँ ।”
व्यवस्थापनमा समस्या आएपछि काठमाडौ महानगरले भन्यो, फोहर आफनै घर र अफिसमै राख्नुस
काठमाडौं । काठमाडौंको फोहरमैला व्यवस्थापनको समस्या पुनः बल्झिएको छ । काठमाडौ महानगरपालिका भित्रबाट संकलित फोहर व्यवस्थापन गर्न साइट सिसडोलमा अवरोध भएपछि समस्या आएको छ । फोहर उठाउन नसकिएको भन्दै महानगरपालिकाले तत्कालका लागि फोहर आफने घर वा अफिस कम्पउन्ड भित्र व्यवस्थापन गर्न अनुरोध गरेको छ । प टक पटक वार्ता भएको र लचकता देखाउदा पनि समस्या समधान नभएको महानगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि पहल भइरहेको बताउदै केही दिनभित्र समस्या समधान हुने जानकारी महानगरले दिएको छ ।