जमिनको प्रयोगमा भएको परिवर्तन र जैविक विविधतामा देखिएको असर

काठमाडौँ, १५ साउन । दोस्रो विश्वयुद्धपछि तीव्र गतिमा ठूलाठुला परिवर्तन भए । बितेका ७०/८० वर्षभित्र मानिसलेहरूले सवारीसाधन, सञ्चारमाध्यम र अरु प्रविधिका क्षेत्रमा निकै उन्नति गरे । यसले गर्दा संसारको अर्थिक अवस्थामा पनि निकै फड्को मारेका अनुभूति हुन्छ । अहिले थुप्रै मानिसले उच्च जीवनस्तरको आनन्द उठाइरहेका छन् जुन केही वर्ष अगाडि असम्भव ठानिन्थ्यो । अर्कातिर पृथ्वीको जनसङ्ख्या दिनदिनै बढेको छ र मानवीय गतिविधि पनि दैनिक बढ्दैछन् । झट्ट हेर्दा जनसङ्ख्या वृद्धिले पृथ्वीमा खासै असर नपारेजस्तो लागेपनि यी सबैकुरा प्राप्तगर्न विश्वले ठूलो मूल्य चुकाउनुपरेको छ । अहिलेकै अवस्थामा यस संसारमा भएका प्राकृतिक स्रोत र साधनमाथि दोहन भइरहने होे भने अब चाँडै पृथ्वीमा जीवन धान्न अत्यावश्यक प्राकृतिक चक्रले ठीक तरिकामा काम गर्न छोड्नेछन् । हामी आन्थ्रोपोसिन भनिने भौगर्भिक युगमा मानिसहरूले पृथ्वीको इतिहासमा पहिला कहिल्यै नभएका विनासकारी काम गरेका छन् र यो क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ । केहि वैज्ञानिक पृथ्वीमा आएका परिवर्तनले कुन हद्सम्म असर पु¥याउन सक्छ भनी पूर्वानुमान लगाउन गाह्रो हुने बताउछन् । जलवायुमा अचानक र कल्पना नै नगरेको परिवर्तन आएमा त्यसले भयानक विपत्ति ल्याउने हँुदा प्राकृतिक साधनमाथिको दोहनलाई नियन्त्रण गरिनु जरुरी भएको उनीहरू बताउछन् । अण्र्टाकटिकाको बरफको सतहमा समुद्र र पृथ्वीको तापक्रम अहिलेकै दरमा वृद्धि हुने हो भने यहाँको बरफको तह पग्लेर जान्छ जसको सङ्केत अहिल्यै देखिन सुरु गरिसकेको बताइन्छ । तापक्रम वृद्धिका कारण पग्लिएको बरफ फेरि जम्ने सम्भावना नरहने हुँदा यसलाई पग्लिनुबाट जोगाउनु नै बुद्धिमानी हुनेछ । किनकि बरफको तह पग्लिङ्दै गएमा बरफको तहमूनि भएको समुद्र बाहिर देखापर्छ । बरफले सूर्यका किरणलाई फर्काउने काम गर्छ, यदि बरफ पग्लिन थाल्यो भने समुद्रमा परिणत हुन्छ । समूद्रको कालो सतहले सूर्यको प्रकाश सोस्नथाल्छ फलतः तापक्रममा अझै वृद्धि हुन्छ बाँकी बरफ झनै बढी पग्लिन थाल्छ । बरफ पग्लिदा समुद्रमा पानीको सतहमा वृद्धिभई स्थल प्राणीले झनै विपत्ति भोग्नुपर्छ । त्यसो त मानवीय गतिविधिका कारण वातावरणमा परिवर्तन आउँदा प्रकृतिको वरदान मानिएका जमिन, वन–जङ्गल, जीवजन्तु, पशुपंक्षीलगायतका प्राकृतिक स्रोत साधन माथि अहिले निकै खतरा उत्पन्न भएको र यसलाई प्राकृतिक अवस्थामा ल्याउन सम्भव नभएको तर अव हुने थप नोक्सानीबाट जोगाउन सकिने अमेरिकी वातावरणविज्ञ तथा वरिष्ठ पत्रकार विलियम अर्नेष्ट ‘बिल’ म्याककिबनले आफ्नो वातावरणसम्वन्धि प्रकाशन “द इन्डअफ नेचरमा” बताए । पछिल्लो समयमा दीर्घकालीन दिगो विकासका लागि गरिएको विश्वव्यापी पहलकदमीका बावजुद जमिनको प्रयोगमा भएको परिवर्तनका कारण विश्वव्यापी जैविक विविधताको रेखा ‘सुरक्षित’ तहभन्दा तल झरेको छ । विश्वका हरेक मुलुकले आफ्नो बलवुताले भ्याएसम्म कार्यक्रम नै बनाएर जैविक विविधता संरक्षण गरी यस संसारमा मानवीय हस्तक्षेपका कारण आउने परिवर्तनलाई जोगाउन लागिरहेका समयमा लण्डनको यूनिभर्सिटी कलेजका न्यूवोल्डकोे नेतृत्वमा भएको एक अध्ययनले पर्यावरणविद्बाट जैविक विविधताका लागि कायम गर्न सुझाब दिएको रेखाभन्दा निकै तल पुग्नुलाई चिन्ताको बिषयका रुपमा प्रस्तुत गरेको छ । अमेरिकी एक विज्ञान पत्रिकामा हालै प्रकाशित गरिएको बेलायती विज्ञ न्यूवोल्डकोे नेतृत्वमा भएको अध्ययन प्रतिबेदनमा ३९ हजार १०० प्रजातिको १८ हजार ६०० स्थानमा गरिएको २० लाख ३८ हजार तथ्यको विश्लेषणबाट मानिसले यस संसारमा बसोबास गर्ने विभिन्न जीव र प्रजातीको बासस्थानलाई हस्तक्षेप गरी प्राकृतिक स्रोतसाधनको दोहन गर्दा कसरी हरेक वर्ग किलोमिटरमा जैविक विविधतामा असर पर्छ भन्ने निष्कर्ष निकालिएको बताइएको छ । विश्वको ५८।१ प्रतिशत भू–सतह, जसको ७१।४ प्रतिशत जमिन मानव बसोबासका लागि प्रयोग भएको छ र अध्ययनले जैविक विविधताको तह कम हुनुले मानव समाजलाई सहयोग गर्ने पारिस्थितिक प्रणालीको क्षमतामाथि पर्याप्त शङ्का उब्जाएको छ । जमिनको प्रयोगबाट आएको परिवर्तनले जैविक विविधताका तह, जो मानव गतिविधिका लागि सुरक्षित स्थान परिभाषित गर्ने अन्तरराष्ट्रिय ढाँचा हो, लाई हालसालै प्रस्तावित भूमण्डलीय सुरक्षा सीमा भन्दा टाढै राख्दछ । ‘‘हामीले बासस्थान विनासले जैविक विविधतामा पारेको विश्वव्यापी प्रभावको परिमाण यति बिस्तारमा यकीन गरेको यो पहिलो पटक हो र विश्वका धेरैजसो जैविक विविधताको विनाश पर्यावरणविद्ले बताएजस्तो सुरक्षित सीमाभित्र नरहेको पाइएको छ,” युनिभर्सिटी कलेज लन्डनका अनुसन्धाता टिम न्युबोल्डले बताए । न्यूवोल्डका अनुसार “जैविक विविधताको नासले पारिस्थितिक प्रणालीका क्रियाकलापमा असर गर्छ तर यो कसरी हुन्छ पूर्णरुपले प्रष्ट छैन ।” न्युबोल्ड थप्छन्, संसारका धेरैजसो भागमा हामी यस्तो अवस्थामा पुगेका छौँ जहाँ पारिस्थितिक प्रणालीलाई सञ्चालन गर्न मानवीय हस्तक्षेप आवश्यक छ । ग्रासल्यान्ड, सवाना र झाडी क्षेत्र साथै संसारभरिका वनक्षेत्र जैविक विविधताको विनाशको दुस्प्रभावबाट बढी प्रभावित हुने गरेका विभिन्न अध्ययनले देखाएका छन् । जैविक विविधताको क्षयीकरणले जीवजन्तुको विकास तथा पोषणचक्रको उपलब्धतालाई अझबढी अनिश्चित बनाइदिएको छ । अनुसन्धाताले जैविक विविधताको क्षयीकरणबाट अति प्रभावित खासगरी विगतमा बासस्थान विनास भएका क्षेत्रहरू थप जोखिममा भएको कुरा औल्याएका छन् । अमाजोनियाजस्ता उच्च जैविक विविधतायुक्त क्षेत्रहरू भूमी अतिक्रमणको कारणले हुने परिवर्तनका शिकार भइसकेका छैनन् र यिनीहरु थप पूर्वसंरक्षणका लागि बढी उपयुक्त रहेका छन् । घनाबस्ती वा बाक्लो आवादी हुने क्षेत्र जहाँ भौतिक र मनोवैज्ञानिक सम्पन्नताको बढी खोजी हुने गर्दछ यस्ता ठूला परिवर्तनको शिकार हुने गर्दछन् । यसलाई सम्बोधन गर्न मानवद्वारा प्रयोग भइरहेका भू–भागलाई पूर्ववत्रुपमा फर्काउने तथा बाँकी रहेका प्राकृतिक वनसम्पदायुक्त क्षेत्रलाई संरक्षण गर्ने जस्ता कदमहरू चाल्नुपर्ने आजको आवश्यकता हुनेछ । रासस

योगासन गरी गिनिज बुकमा नाम लेखाउने मोक्तान सम्मानित, कसरी गर्छन उनले योग ?

बनेपा, १४ साउन । योग साधनामार्फत गिनिज बुकमा नाम लेखाउन सफल भएका काभ्रेपलाञ्चोकको फोक्सिङटारका उत्तम मोक्तानलाई आज बनेपामा सम्मान गरिएको छ । योगासनमा उत्तम मोक्तान नेपाल स्कुल परियोजनाले नवौँ वार्षिक साधारणसभाको अवसरमा मोक्तानलाई सम्मान गरेको हो । उनले ५० घन्टा १५ मिनेट योगासन गरी भारतका योगराज सिपीले बनाएको योग म्याराथनको रिकर्ड तोडेका थिए । सो अवसरमा बोल्दै मोक्तानले योग समग्र जीवनको दर्शन भएको उल्लेख गर्दै युवा पिँढीलाई कुलतमा नफस्न आग्रह गरेका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटाले योगले मानव जीवनलाई गति प्रदान गर्ने उल्लेख गर्दै मानवीय जीवनलाई स्फूर्त बनाउन योगले सहयोग गर्ने बताए ।   परियोजनाका अध्यक्ष रकमसिंह घलानको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य गुबेन तौजलेलगायतले योगले नयाँ जीवन दिने बताए ।

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

काठमाडौं, १४ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैँचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडौं आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो । अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् । अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन् । ‘‘कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’ उनले भने–‘‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’’ सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फु¥यो । घरमै फालिएको काठ, ट्युव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए । ‘‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’’ उनले भने–‘‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट एक्जाभेटर बनाउन सफल भएँ ।’’ अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ । सानैदेखि खेलौना गाडी चलाउने मन पराउने अमन कक्षा– ४ मा गइसकेपछि बुबाले किनिदिएको खेलौना गाडीले नै अहिलेका उपकरण बनाउने प्रेरणा बनेको बताउँछन् । उपकरण बनाएको देखेर कक्षामा सधैँ प्रथम हुने छोरोको पढाइ बिग्रिएला भनेर बुबा आनन्दराज पौडेलले गाली पनि गरे । ‘‘पछि छोराले आफ्नो स्कुलमा एक्जाभेटर बनाएको देखेपछि मैले पनि उसको कामलाई सहयोग गर्दै आएँ’’ बुबा आनन्दले भने। अहिले जमिन र पानीमा हिँड्ने ब्याट्रीबाट चल्ने रोबोट भित्ता र आकासमा उड्ने समेत बनाउन सकिन्छ । ‘‘अहिले जमिन र पानीमा हिँड्ने रोबोट चुम्बक प्रयोग गर्ने हो भने भित्ता र पङ्खा रोबोटमा राख्ने हो भने आकासमा पनि उड्छ’’ उनले भने । अमनले ‘लिक’ बिनाको साधारण बाटोमा हिँड्ने ब्याट्रीबाट चल्ने रेल बनाएका छन् । ‘‘नेपालजस्तो रेलको लिक नभएको सडकमा पनि चल्नेसक्ने रेल भए सजिलो हुन्छ भनेर मैले त्यस्तो साधारण बाटोमा पनि चल्नसक्ने रेल बनाएको हुँ’’ उनले रेल प्रदर्शन गदै भने–‘‘यो रेल सामान ढुवानीमा बढी उपपयोग हुनसक्छ ।’’ अमनले थप पानी तान्ने पम्प, टिपर, विद्युत् डाइनामो, केवलकार, हेलिकप्टर, ग्यास लाइट, एसी, हाइड्रोलिक ब्रेक, चुम्बकीय क्रेनजस्ता नयाँ उपकरण बनाउने तयारीमा रहेको बताए । उनले सरकारले आफूले बनाएको उपकरणमा सहयोग गरे आफ्नो सामग्रीलाई विश्वमा पनि प्रदर्शन गराउने सोच सुनाए । बुबा आनन्दले छोराले बनाएको वैज्ञानिक उपकरणलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अमनलाई सरकारले सहयोग गर्नुपर्ने बताए । रासस