बैंक अफ काठमाडौँबाट अजोड इन्स्योरेन्सका सेवा लिन सकिने

काठमाडौँ । अजोड इन्स्योरेन्स लि.र बैंक अफ काठमाण्डौं लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिका तर्फवाट सहायक महाप्रबन्धक अनिल अर्याल तथा बैंक अफ काठमाण्डौं लिका तर्फबाट रिसर्च प्रडक्ट डेभलप्मेण्ट तथा बजार बिभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

‘एन आईसी एशिया रन फर हेल्थ’ विराटनगरमा सम्पन्न

विराटनगर । एनआई सी एशिया बैंक लिमिटेडको विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ”दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “एन आईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए । ५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मासमेत सहभागि थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरप्रदान गरिएको थियो ।

ओम डेभलपमेन्ट बैंकले गर्याे सन्यास आश्रमलाई सीसी टि भि. सहयोग

काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले खैरेनी मा.वि. खैरेनीटार तनहुंको पुस्तकालयलाई केहि पुस्तकहरु हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक सामाग्री, दृष्टिबिहिनहरुलाई कम्प्युटर तालिम शिक्षा तथा हरिहर आश्रम देबघाटलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।