बाढीपीडितको विचल्ली, धमिलो पानी र चिउराको भरमा

सप्तरी । आँगनमा अझै पनि डेढ फिटजति पानी छ ।भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डुबानमै । सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो ।बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ । बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ । भान्छा हिलाम्य छ, चुलोमा पनि तालिएको छ । कसरी खाना बनाउनु, समस्या सुनाउँदै फगुले भने । राहतको चिउरा, मुरही र डुबानमा रहेको कलबाट निस्किने धमिलो पािनीले जसोतसो दिन काटिरहेको अवस्था छ । आफूहरुका लागि खानाभन्दा पनि पिउने पानीको प्रवन्ध ठूलो चुनौति भएको बाढीपीडितको भनाइ छ । नागारिक दैनिकबाट।

अधिक चुनाव खर्चले  मुलुकलाई अर्बौको व्यायभार थपियो 

काठमाडौं । १३ बैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो । तर, १३ बैशाखमा सरकारले चुनाव खुई चरणमा गर्ने निर्णय गरेपछि ८ जेठमा उसले चुनावका लागि अर्थ मन्त्रालयसंग थप दुई अर्ब ६९ करोड रुपैयाँ माग गर्यो । गृह मन्त्रालयले अतिरिक्त खर्च माग गरेको पत्रमाथि अर्थ मन्त्रालयमा छलफल भईरहेको थियो । स्थानीय तह निर्वाचन मिति सारेका कारण मुलुकलाई ४ अर्ब बढी रुपैयाँ व्ययभार थपिएको छ । निर्वाचन आयोग र सुरक्षा निकायभित्र रहेको मौकामा चौका हान्ने प्रबृत्तिले पनि चुनाव खर्च बढाईरहेको छ । नागरिक दैनिकबाट ।

इलाम नगरपालिकाले मजदुरको दुर्घटना बीमा गर्ने, समाजिक सुरक्षामा नयाँ कार्यक्रम थपियो

इलाम । इलाम नगरपालिकाले नगर क्षेत्रका मजदुरको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेतले आज पदभारग्रहण गरेपछिनिर्माण क्षेत्रमा कार्यरत मजदुरको दुर्घटना बीमा गर्ने निर्णय गरेका हुन् । नगर क्षेत्रमा कार्यरत मजदुरको बीमा गर्नु नगरपालिकाको पहिलो एजेन्डा भएको उनको भनाइ थियो । “निर्माण क्षेत्रमा काम गर्न जोखिम भएकाले बीमा गर्न लागिएको हो,”उनले भने । नगर प्रमुख बस्नेतले सुकुम्वासी र दलितको पहिचान गरेर आवासको व्यवस्था गरिने बताए । सुकुमवासी र दलितको तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनपछि कार्यविधि बनाएर आवास कार्यक्रम कार्यान्वयन गरिनेछ । नगरपालिकाले प्रसूति महिला र बच्चालाई पोषणयुक्त खानेकुरासहित आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको छ । प्रसूति महिलालाई घीउ, दाल, चिनी तथा बच्चालाई पोषणयुक्त पीठो, सुत्केरी महिलालाई सुतिको साडी र बच्चालाई चाहिने कपडा वितरण गर्ने निर्णय गरेको छ । नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहालले पद तथा गोपनीयताको शपथ गराए । पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रमुख आतिथ्यतामा शपथ तथा पदभारग्रहण कार्यक्रम गरिएको हो । रासस