हिउँदमा फेरि लोडसेडिङ हुने, कुलमानलाई असफल बनाउन लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध
काठमाडौं । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ । यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो । ‘वार्षिक रूपमा बिजुलीको माग करिब दुई सय मेगावाट बढिरहेको छ, तर त्यस अनुपातमा विद्युत् उत्पादन बढेको छैन,’ घिसिङले भने, ‘अहिलेकै जस्तो अवस्था रहने हो भने यस वर्षको हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ ।’ प्राधिकरणले यस वर्ष बिजुलीको माग एक हजार सात सय ४२ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । तर, बिजुलीको आपूर्ति भने अहिलेको संरचनाबाट भारतबाट आयातसहित १ हजार मेगावाटको हाराहारीमा मात्रै हुने अनुमान गरिएको छ । अर्थात् झन्डै सात सय मेगावाटको लोडसेडिङ गर्नुपर्ने अवस्था छ । लोडसेडिङ फर्काउने मुख्य चार कारण यो वर्ष ठूला आयोजना आउँदैनन् यस वर्ष कुनै पनि ठूला आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछैनन् । प्राधिकरणले दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसैवर्ष आउने भनिएको १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण ठेकेदारले काम नगर्दा अलपत्र जस्तै छ । एलइडी बल्ब खरिद रोकियो ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत प्राधिकरणले भारतीय सरकारी कम्पनीसँग कम विद्युत् खपत गर्ने, तर बढी उज्यालो दिने एलइडी बल्ब किनेर उपभोक्तालाई बिक्री गर्ने योजना ल्याएको थियो । प्राधिकरणले हिउँदको विद्युत् माग व्यवस्थापन गरी लोडसेडिङ हटाउन पहिलो चरणमा एक करोड र दोस्रो चरणमा एक करोडवटा एलइडी बल्ब इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (इइएसएल)सँग खरिद गर्न लागेको थियो । नयाँ पत्रिका दैनिकबाट ।
१० लाखका घर खोरजत्रा, क्याथोलिक रिलिफ सर्भिसका १६ घर उपयोग विहिन
गोरखा । क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् । बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन् । ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उनले भने, ‘एउटा कुर्सी र टेबल राखेपछि अरू केही अट्दैन । त्यस्तो घर के काम लाग्छ ?’ तालिमका क्रममा बनाउने घरलाई सामुदायिक भवनका रूपमा प्रयोग गर्न मिल्ने गरी बनाउन जिल्ला दैवीप्रकोप उद्धार समितिले सुझाव दिएको थियो । ‘तर फेरि प्रयोगविहीन घर बन्यो । सामुदायिक भवन बन्न सकेन’, डीएफओले भने, ‘तालिम पनि होओस् । समुदायले प्रयोग गर्न मिल्ने घर पनि बनोस् भन्ने चाहना हो । त्यस्तो हुन सकेन ।’ अन्नपूर्ण पोस्टबाट ।
नाच्न गाउन सिपालु जमुना तीज गीत नेपाली बजारमा
काठमाडौं । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर निमिसा त्रिपाठि र नरेश बि सिले नाच्न गाउन सिपालु जमुना गिति संग्रह बजारमा ल्याएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस “धुवा सरि फैलेछ कुरोत, यता तिर्खा लागेको धेरै भो “भन्ने गीतबाट चर्चा कमाएका गीतकार यादब लम्सालले तीज गित लेखेका हुन् । संगीत नरेश बि.सिले भरेका छ्न भने स्वोर निमिशा त्रिपाठी र नरेश बि सि उनी आफैं रहेका छन् । धुर्ब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको गीतमा डिजिटल प्राली को प्रस्तुति म्युजिक नेपाल बाट बजारमा आएको छ ।