अमेरिकी मनोरञ्जन कम्पनी डिज्ने र फक्सबीच ७१ अर्ब डलरको सम्झौता

न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । उक्त सम्झौतामा फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा.स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै हलचल ल्याउने छ । सम्झौतापछि डिज्नेलाई आफ्नै स्ट्रिमिङ सेवा डिज्ने प्लस यसै वर्षको अन्त्यतिर आरम्भ गर्न बाटो खुलेको छ । साथै सम्झौताले हजारौं कर्मचारी कटौतीमा पर्ने खतरा बढाएको छ । फक्स र डिज्नेमा कार्यरत फिल्म उत्पादक कर्मचारीहरुको ठूलो संख्या कटौतीमा पर्नेछ । डिज्नेले फक्स इन्टरटेनमेन्ट खरिद गर्नुको मुख्य उद्देश्य नै अमेजन र नेटफ्क्सि जस्ता कम्पनीबाट सिर्जना भइरहेको बढ्दो चुनौतीलाई सामना गर्नु हो । डिज्नेले यसअघि नै डिज्ने कार्टुन सेवा प्रशारण गरिरहेको छ । फक्सका उत्पादनलाई आफूमा गाभेसँगै फक्सका महत्वपूर्ण कार्यक्रम र नेसनल जियोग्राफिकको प्रशारण एकाधिकार प्राप्त हुनेछ । डिज्नेका प्रमुख कार्यकारी बब आइगरले गत फेब्रुअरीमै डिज्ने प्लस र उपभोक्तासँग सोझै जोडिएका व्यवसायहरु डिज्नेको नं.१ प्राथमिकतामा रहने बताए । केबल र टेलिकम कम्पनीहरुले बदलिँदो मिडिया परिदृश्यमा प्रतिस्पर्धी क्षमता बढाउन टिभी शो र सिनेमा बनाउने कम्पनीहरु नै खरिद गर्न थालेका छन् । एटी एन्ड टी, कमकास्ट जस्ता विशाल इन्टरनेट प्रदायकहरु समेत अमेजन, युट्युब र नेटफ्लिक्सका सेवाबाट त्रसित हुन थालिसकेका छन् । एटी एन्ड टीले गत वर्ष ८१ अर्ब डलरमा टाइम वार्नर कम्पनी खरिद गरिसकेको छ भने आफ्नै स्ट्रिमिङ टेलिभिजन सेवा प्रशारण गर्न थालेको छ । टाइम वार्नरका च्यानलहरु टीबीएस र टीएनटीलाई अमेरिकी ग्राहकलाई प्रति महिना १५ अमेरिकी डलरमा बिक्री गरिएको छ । रासस /एपी

रेडक्रसले दियाे फागुको सन्देश: लैङ्गिक समानताको लागि कदम चाल

काठमाडाैं । लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोच, व्यवहार र योजनाको लागि रेडक्रसले आव्हान गरेको छ । फागु पूर्णिमाको अवसरमा होली शुभकामना दिँदै ह्यासट्याग ब्यालेन्सफरबेटर  विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ तथा नेपाल रेडक्रस सोसाइटीले अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियान आयोजना गरेको छ । “लैङ्गिक, उमेर, भौगोलिक, स्वास्थ्य अवस्था जस्ता क्षेत्रमा विद्यमान असन्तुलित अवस्थाको अन्तको लागि सोँचमा परिवर्तन जरुरी छ ।” होलीको अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने। “यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को समानताको सन्देश हाम्रोलागि वर्षभरी नै उपयुक्त छ ।” लैङ्गिक समानता अझै पनि वास्तविकता भन्दा टाढा रहेको तथ्याँक प्रस्तुत गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका नेपाल प्रमुख जुजा किमले एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको र संकटमा महिला नै वढी पर्ने अवस्था औँल्याए । उनले भने “रेडक्रस आफैले पनि लैँगिक समानताको लागि थप कार्य गर्न नेतृत्वको समूहले मनिला घोषणा जारी गरेको छ । विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला रहेका छन् । त्यसमा ५० देखि ५९ वर्षसमूहको बाहुल्यता छ र ३० वर्षभन्दा मुनिका युवाहरुको सँख्या न्यून रहेको छ । तर, अर्कोतर्फ रेडक्रसको लाभान्वित सूचीमा महिलाहरुको सँख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको अवस्था छ ।” कार्यक्रममा सन् २०१९ मा नीति, योजना निर्माण र सहयोग क्षेत्रमा फरक तरिकाले काम गर्न नेपालमा कार्यरत रेडक्रस अभियानका अंगहरुका प्रतिनिधिहरुले  विविधताको प्रवर्धन र लैङ्गिक समानताको लागि चित्र, सामुहिक र व्यक्तिगत फोटोमार्फत सन्देश दिए् । सामुहिक फोटोमा महिलाहरुको प्रगतिमा उत्सव मनाउने, कुरितिहरु अन्त गर्ने प्रतिवद्धता देखाइएको छ । कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गरे । उनले भने, शुरक्षित र समावेशी बातावरणमा मात्र छलफल र पैरवीहरु  प्रभावकारी हुने भएकाले विभिन्न सामाजिक सञ्जालमा ह्यासट्याग ब्यालेन्सफरबेटर  राखी सन्तुलित अवस्थाको पक्षमा सन्देश दिन होलीको अवसरमा रेडक्रस सवैलाई आव्हान गर्दछ । समुह छलफल तथा प्रदर्शनीलाई नेपाल रेडक्रसका जीइएसआइ  निर्देशक विपुल न्यौपाने, अष्ट्रेलियन रेडक्रसका मुकेश सिँ, तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका कार्यक्रम सँयोजक हारभे  गजेयूले सहजीकरण गरेका थिए ।

होली खेल्दै हुनुहुन्छ ? छाला र कपाललाई रंगको प्रभावबाट बचाउन यसो गर्नुहोस्

काठमाडौं। रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् । होलीको समयमा दिनभरी अनुहारमा दलेको रंगले छालाको प्राकृतिक रुप बिगार्ने गर्दछ। यसले गर्दा छाला सुख्खा हुनुका साथै विभिन्न समस्याले मानिसलाई सताउने गर्छ। छालाको साथसाथै कपालहरु पनि रंगको कारणले बिग्रिने गर्दछ। त्यसैले यस्तो अवस्थामा आफ्नो छाला र कपाललाई बिशेष ध्यान दिनुपर्ने हुन्छ। होली खेल्दा यस्ता कुरामा ध्यान दिनुस्  : १। छालामा रंगले धेरै नै प्रभाव पर्ने गर्दछ छ त्यसैले होली खेल्न जानु भन्दा अगाडि मोस्टराईजर र सनक्रिमको प्रयोग गर्नुहोस्। यसले तपाईको छालालाई सुख्खा हुनबाट जोगाउनको साथै रङले छालालाई पार्ने प्रभावबाट बचाउन मद्त गर्दछ। २। होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ। यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् । यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ ३। होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ। ४। आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने । होली खेलेपछि यसाे गर्नुस् : १। कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन । पहिले सादा पानीले  कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ। २। होली खेलीसकेपछी अनुहारको रङ सफा पानीले पखाल्नुहोस्। पानीले राम्रोसँग रंग नगएको खण्डमा तपाईले फेसवासको प्रयोग गर्नसक्नु हुन्छ। ३। अन्त्यमा राती सुत्ने समयमा टोनर र मोस्टराईजरको प्रयोग गर्नुहोस्।