अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न
काठमाडौं । विश्व रंगमञ्च दिवस थिएटर मल कीर्तिपुरमा मनाईएको छ । मार्च २७ दिवसको अवसरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल कीर्तिपुरमा संक्षिप्त कार्यक्रम गरेर मनाएको हो । महोत्सव आयोजक सात संस्थाहरु एक्टर्स स्टुडियो, कथा घेरा, मण्डला थिएटर, वन वल्र्ड थिएटर, शिल्पी थिएटर, थिएटर मल र थिएटर भिलेजले कार्यक्रमको आयोजना गरेको हो । रंगकर्मी, कलाकर्मीको जमघटका माझ छोटो नाट्य प्रस्तुतिका र विश्व दिवसको सन्देश वाचन गर्दै दिवस मनाइएको हो । सबिर चुरौटे र सञ्जिता पराजुलीले तयार पारेको नाट्य प्रस्तुति ‘फादर करिअरः एन एक्सपेरिमेन्ट’बाट सुरु भएको कार्यक्रममा सम्पन्न नाट्य महोत्सको संक्षिप्त समिक्षा पनि गरिएको थियो । प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले रंगमञ्चसम्बन्धी सरकारी निकाय भएपनि उल्लेखनीय कामहरु हुन नसकेको स्वीकार्दै आगामी दिनमा नेपाली रंगमञ्च बारे योजनाहरु तय गर्न छलफल गर्न तयार रहेको बताए । कवि विप्लव प्रतीकले नेपाली रंगमञ्चको एकताको विम्वको रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफल रुपमा सम्पन्न भएको उल्लेख गरे । त्यस्तै सन् १९६५ पछि विश्व रंगमञ्च दिवस मनाउन थालिएको विश्व परिप्रेक्षमा बोल्दै डा. अभि सुवेदीले वर्तमान नेपाली रंगमञ्चलाई युवा पुस्ताले सक्रिय बनाइरहेको उल्लेख गरे । महोत्सव निर्देशक राजन खतिवडाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै विश्व रंगमञ्च दिवस समेत एकवद्ध भई मनाउन पाउनु नेपालको रंगमञ्च क्षेत्रका लागि सकारात्मक पाटो भएको बताए । रंगकर्मी सरिता गिरीले विश्व रंगमञ्च दिवसको सन्दर्भमा आएको विश्व सन्देश वाचन गरेकाे थिइन् । यस वर्ष क्युवाका रंगकर्मी कार्लोस सेल्ड्रानले विश्व सन्देश प्रेषित गरेका थिए । कार्यक्रममा रंगकर्मी केदार श्रेष्ठले नाटकघर खोलेकै महिना कीर्तिपुर रंगमञ्चमा विश्व रंगमञ्च दिवस पाउनु सुखद रहेको बताए । रंगकर्मी आकांक्षा कार्कीले उद्घोषणको क्रममा रंगमञ्च दिवसलाई आफ्नो जन्मदिन जस्तो लाग्ने बताइन् । कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलको सहकार्यमा गत महिना नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल, कीर्तिपुर रंगमञ्चको उद्घाटन गरेको थियो ।
बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या
काठमाडौं । नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो । बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले गर्दा ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले नेप्सेमा कारोबार नभएको नेप्सेले जनाएको छ । उक्त समस्या देखिएको करिब एक घण्टापछि केही छिन अपडेट भएकाे बजार पुनः २ बजेर ५३ मिनेटपछिकाे काराेबारमा समस्या देखिएकाे छ । उक्त समस्याले गर्दा नियमित तीन बजे बन्द हुने बजार बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ ।
गायक श्रेष्ठको ‘बोतलको पानी’ गीत सार्वजनिक, अभिनयमा अनु शाह र लिगेश भट्टराई
काठमाडौँ । गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक बादल श्रेष्ठको नयाँ गीत बोतलको पानीको म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत नेपाली सांगीतिक बजारमा आएको छ । शब्द तथा संगीत बिशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाइ छायाँकार मदन कश्यप घिमिरेले छायांकन गरेका छन् भने निर्देशक लिगेश भट्टराईले निर्देशन गरेका छन् । नायिका तथा मोडल अनु शाह र मोडल निर्देशक लिगेश भट्टराईले अभिनय गरेको यस भिडियोलाई निर्माता बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस ।