परम्परागत तीज, जाँडसहितको दिवा भोज र कट्टु डान्स
तीज एक सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तीज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको एक छुट्टै बिशेष पर्व हो । यो पर्वमा महिलाहरु वर्षौंदेखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना शुख–दुख साटासाट गर्ने गर्छन । यो पर्व हिमालय पर्वतपुत्री भगवान पार्वतीको पालादेखि नै मनाउदै आईएको विस्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउ“ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिस्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । आपसमा दिदी बहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर शुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतीपातीमा व्यस्त रहेका दिदी बहिनिहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् । तर पछिल्लो पुस्ताका दिदी बहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी यस पर्वलाई मनाई रहेकाछन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दो क्रममा रहेको छ । तीज भनेको बिशेषगरी एक सांस्कृतिक पर्व हो । यस पर्वमा आपसमा दिदी बहिनीहरुले आफ्नो दुःख तथा बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यबहार अनि माईती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदी बहिनीलाई सम्झिएर गीत मार्फत ब्यक्त गर्दथे । तर हाल त्यो प्रचलनमा गिरावट आई तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । तीजको अर्को महत्वपूर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माईती घरमा गएका चेलिबेटिहरुले आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकि त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकुँ । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यैबाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्नेपनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने ठाउँ छैन । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिन प्रतिदिन बढिरहेको कुराले सबैको मनमा तरगं पैदा गरेको छ । त्यतिमात्र हैन तीज भनेको नाचगानको पर्व पनि हो । सासुले गरेको व्यबहार कर्मघरको दुःख र नारीको बेदनालाई उजागर गरेर गीत गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुँदैन । तीजको लागि श्रीमतीलाई रातो सारी र गरगहना किनिदिन पुरुषले पर्देशमा समेत गएर कमाएर आफ्नी संगीनिलाई खुशी बनाउने गरिन्छ । त्यसरी ज्यादै रमाईलो यो पर्व हाल आएर खस्किदै गइरहेको छ । तीज गीतको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेत संगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै कमाईको लाीि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ । तीजको गीत भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । दुई चार जना भाईरसहरु धनको दम्बमा आफुलाई आम नारीको प्रतिनिधि मानि आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गीत तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज पर्वको भविश्य कमजोर बन्दै गएको छ । यसतर्फ राज्यले ध्यान दिन सकिरहेको छैन । कट्टु लगाएर नाचेको गीतलाई तीज गीत भनेर बजारमा ल्याउने चलनले गर्दा तीजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तीजलाई कमाईको भाँडो सम्झिने कलाकारहरु कुन समाजमा के को लागि म जिउँदै छु सचेत भएर सोचुन, र तीजलाई तीजकै रुपमा मनाउन पाईयोस । दिउँसै जाँड खाएर दर भन्दै हल्लिएर हिड्ने नारीले पनि सोचोस भावी पुस्तालाई हामीले हाम्रो संस्कृति र परम्पराबारे जानकारी गराई उनीहरुलाई सभ्य बनाउनु पर्छ भनेर । र एक दिन हाम्री आमाले मनाए जस्तै तीज होस चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र बुझेका भनेकाहरुले सोचुन । यो बर्षको तीजले सम्पुर्ण नारी जगतको कल्याण होस चाँडै सतबुद्धि प्राप्त होस सबैमा । त्यसो हुन सकेमात्र नारीलाई लक्ष्मीको रुपमा सम्मान गर्न सकिन्छ । बेलकोठगढी ९, नुवाकोट ।
सिटी एक्सप्रेस मनीद्वारा बाढी पीडितलाई “धुर्मुस सुन्तली फाउण्डेशन” मार्फत सहयोगको घोषणा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रा.लि. हालै आएको बाढी तथा पहिरो पीडितलाई सहयोगको घोषणा गरेको छ । बाढी तथा पहिरो पीडितको सहयोगार्थ सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लिमा कार्यरत सम्पूर्ण कर्मचारी, सिटी एक्सप्रेस बचत तथा ऋणसहकारी संस्था लिमिटेड र सिटी एक्सप्रेस ट्रेडिङ्ग कन्सर्न प्रा.लि.का सम्पूर्ण कर्मचारीहरुले एक दिनको तलब एवं सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लि.ले समेत गरी जम्मा तीन लाख रुपैयाँ “ धुर्मुस सुन्तली फाउण्डेशन ” लाई उपलव्ध गराएकोछ । सो रकम “ धुर्मुस सुन्तली फाउण्डेशन ” ले बाढी तथा पहिरो पीडितहरुलाई उपलव्ध गराउने घोषणा प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका छन् । उक्त सहयोग “ धुर्मुस सुन्तली फाउण्डेशन ” ब्राण्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली )लाई हस्तान्तरण गरिएको छ ।
बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाख भन्दा बढि निःशुल्क एसएमएस आदान प्रदान
काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् । कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रति दिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको हो । यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो । यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो । “बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन सम्पर्क नम्बरले यो विपदको क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छाै,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि उनले दिए । “केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको थियो । अहिले एनसेलका ९७ प्रतिशत बिटिएस टावर संचालनमा रहेका छन् र ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्,” आचार्यले भने । प्राकृतिक विपद्का बेला आफ्ना ग्राहकलाई सम्पर्कमा रहन विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आएको छ । यस अन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाख भन्दा बढि पूर्वसूचना पठाएको थियो । नदीमा पानीको सहत अनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले बाढिपहिरोको जोखिमयुक्त क्षेत्रका ग्राहकहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गर्दछ । समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायत नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँदछ । एनसेलले गतवर्ष जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनीका लागि एसएमएस प्रदान गर्दै आएको छ ।