गीतकार तथा साहित्यकार ‘डीआर’लाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र

काठमाडौं । एकैपटक धेरै एल्बम निकालेर रेकर्ड राखेका साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र प्रदान गरिएको छ । डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा बिमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डीआरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।

महिला दिवसमा चेम्बरले गर्यो कार्यक्रम, अर्थतन्त्र माथि उकास्न महिलाको योगदानको चर्चा

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उनले बताए । देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठूलो योगदान दिएको चर्चा पनि उनले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय महिला दिवसको मूल ‘थिम’ “अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार“ को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्स लागिरहेको कुरा उल्लेख गरे । सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले बिश्वबैंकको प्रतिबेदनमा उल्लेख भएको लक्ष हाशिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गर्नुभयो । नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको कुरा बताइन् । नारीहरु चुल्हो र चौकोमा मात्र सीमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा उनले बताइन् । कार्यक्रममा युरोपियन युनियनका राजदुत बेरोनिका कोडीले शुभकामना मन्तब्य व्यक्त गरे । त्यस्तै बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा गरिएको सम्मान पाउनेहरुमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा रहेका छन् ।

पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा लिफ्ट निर्माण, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

काठमाडौँ । पोखरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा वृद्ध तथा अशक्त भक्तजनहरुलाई टेवा पुर्याउने उद्देश्यले लक्ष्मी ग्रुप, नेपाल तथा हुन्डाई मोटर कम्पनी, दक्षिण कोरियाको सहकार्यमा लिफ्टको निर्माण गरिएको छ । उक्त लिफ्टको फागुन २३ गते राष्ट्रपति विद्यादेवि भण्डारी उद्घाटन गरेकी छिन् । उक्त लिफ्ट समुद्घाटन समारोहमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट उक्त समितिका अध्यक्ष तथा लक्ष्मी ग्रुप नेपालका अध्यक्ष गणेशबहादुर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उक्त स्वागत मन्तब्यमा उनले विन्ध्यवासिनी मन्दिरको बारेमा थप प्रष्ट पार्दै समितिका तर्फबाट भएका कार्यहरुको विवरण अवगत गराए । समितिले आफ्नो स्थापना भएपश्चात शिवमन्दिर, राधा कृष्ण मन्दिर, शन्तनिवास, गुरुकुलभवन, अष्ट चिरन्जिवी तथा नव ग्रहमन्दिर, यज्ञ मण्डपहरु, अखण्ड हवन मण्डप, विन्ध्यवासिनी बहुउद्देश्यशीय भवन, मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, पौवाको निर्माण भएको उनले जानकारी गराए । उक्त लिफ्ट उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्रीश्री पृथ्वी सुब्बा गुरुङ्ग, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, दक्षिण कोरियाका राजदुत पार्क योङ–सिक, दाता हुन्डाई मोटर कम्पनीका प्रतिनिधि, लक्ष्मी ग्रुप नेपालका प्रतिनिधिहरु र विशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।