कुथेली बुखरीको सेयर सोमबारबाट कारोबार हुने, कारोबार सिम्बोल केबीएसएच

काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । हाईड्रोपावरको १२ लाख १८ हजार ६७५ कित्ता सेयर आइतबार सूचीकृत भएको नेप्सेले बताएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सेयर सूचीकृत गरिएको नेप्सेले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारी समेतमा वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता सेयर समेत गरी जम्मा १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले साउन ७ गते आइपीओ बाँडफाँड गरेको थियो । बाँडफाँड भएको करिब एक महिनापछि मात्रै कम्पनीको सेयर सूचीकृत भएको हो । सेयर सुचिकृतभएसँगै सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच सुरु हुनेछ । नेप्सेले कुथेली बुखरीको सेयर कारोबार सुरु गर्नका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसाको प्राइस रेञ्ज तोकेको छ । आइतबार सेयर सुचीकृत भएसँगै यही रेञ्जलाई आधार मानेर भोली सोमबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार खुल्नेछ । स्पेशल प्रि ओपन सेसनका कारोबार भएपश्चात दोस्रो बजारमा नियमित कारोबार हुने छ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई केबीएसएच (प्द्यक्ज्) कारोबार सिम्बोल प्रदान गरेको छ । [pdf id=431375]

२१.९९ अंकले घटेको बजारमा आइएमइ लाइफको उच्च कारोबार

काठमाडौं । आइतबारको सेयर बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर उच्च कारोबार भएको छ । केही दिनदेखि नेप्से ओरालो लाग्ने क्रम सुरु गरेको छ । सोमबारको बजार पनि २१.९९ अंकले घटेर बन्द भएको छ । घटेको बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर भने सबैभन्दा धेरै कारोबार भएको छ । सोमबार आइएमई लाइफ इन्स्योरेन्स सेयरको मात्रै ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारको आधारमा दोस्रो स्थानमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । हिमालय डिस्टिलरीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । आइतबार २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबारको सेयर बजारमा फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ ।

फेरि ओरालो लाग्यो सेयर बजार, नेप्से २१.९९ अंक घट्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ । आइतबारको सेयर बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार  २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।