सोमबारको बजारमा तीव्र उतारचढाव, कारोबार भने पाँच महिनायताकै उच्च

<p>काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरुभए लगत्तै उकालोको बाटो समातेको नेप्से परिसूचक बजार बन्द हुँदा दोहोरो अंकले घटेको हो । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले घटी हो । अघिल्लो दिन अर्थात आइतबारको सेयर बजार अस्वभाविक [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरुभए लगत्तै उकालोको बाटो समातेको नेप्से परिसूचक बजार बन्द हुँदा दोहोरो अंकले घटेको हो ।

बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले घटी हो । अघिल्लो दिन अर्थात आइतबारको सेयर बजार अस्वभाविक रुपमा बढेर बन्द भएसँगै सोमबारको बजारमा करेक्सन देखिएको र यो सामान्य रहेको जानकारहरु बताउँछन् ।

परिसूचक घटेपनि कारोबार रकममा भने उछाल देखिएको छ । दिनभरमा ३०३ वटा स्क्रीप्सको ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको सेयर कारोबार भएको छ । जुन विगत ५ महिना यताकै सर्वाधिक रकम हो । गत असार १७ गते आइतबारको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।

सोमबार सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५६ लाख, माउन्टेन इनर्जी नेपालको १४ करोड ४० लाख र शिवम् सिमेन्टको १३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि ५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये बोटलर्स नेपाल (बालाजु), सामूदायिक लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९० प्रतिशत र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६० प्रतिशतले बढेको छ ।

टप लुजरको शीर्ष स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.१५ प्रतिशतले घटेर प्रतिकित्ता ६१० रुपैयाँमा झरेको छ ।

समूहको आधारमा हेर्ने हो भने चार वटा समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक, माइक्रोफाइनान्स, म्यूचुअल फण्ड र निर्जीवन बीमा समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

Share News