समता घरेलु लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा घट्यो

<p>काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले हालसम्मकै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ [&hellip;]</p>

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले हालसम्मकै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News