काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ ।