नेपाल हाइड्रोले तीन लाख कित्ता आइपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि. ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । हाइड्रोले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बोर्डको अनुमति अनुसार बैंकले ३ करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको बैंकले जनाएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ७६४ रुपैयाँ रहेको छ ।

अपी पावरले बोलायो चैत २८ गते विशेष साधारणसभा, १५ गतेदेखि बुक क्लोज

काठमाडौं । अपी पावर कम्पनीले यही चैत २८ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि चैत २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषयमा छलफल गर्ने भएको छ ।