नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदको लागि माग्यो बोर्डसँग अनुमति
काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चैत ७ गते बोर्डसँग सो मात्राको सेयर निष्काशनको लागि अनुमति मागेको हो । बैंकले १ अर्ब ९९ करोड रूपैयाँको १ करोड ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको लागि बैंकले एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९६ करोड रुपैयाँ रहको छ । सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी ६ अर्ब ९६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १०९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सेती फाइनान्सको साधारणसभा चैत ३० गते, कहिलेदेखि बुक क्लोज?
काठमाडौं । सेती फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत २१ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको निर्णयलाई पारित गर्दैछ । कम्पनीले ५७ लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण पश्चात कायम हुने पूँजीमा सो मात्राको हकप्रद निष्कासन गर्न लागेको बताएको छ । हाल कम्पनीको पूँजी १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १६ करोड ४३ लाख रुपैयाँ हुनेछ । त्यसपछि १५० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४१ करोड ८ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १७९ रुपैयाँमा कारोबार भइरहेको छ ।
वैशाख १५ भित्र शाखा विस्तार गर्न नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न ब्रोकरलाई निर्देशन दिएको छ । नेप्सेले सेयर दलाललाई विस्तारित शाखा संचालनमा ल्याउनल निर्देशन दिएको छ । नेप्सेका अनुसार अनुमति पाएका कम्पनीले उक्त मितिभित्र स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने छ । नेप्सेले पुँजीबजार विस्तारका लागि मुलुकको विभिन्न भागहरुबाट लगानीकर्ताहरुलाई उनीहरुको बचत परिचालन गर्न सक्षम बनाउनुका साथै दोश्रो बजार पहुँचलाई सहज बनाउने उद्देश्यले विस्तारित शाखा संचालन गर्न निर्देशन दिएको हो । हालसम्म ४१ वटा सदस्य दलालहरुबाट विस्तार तथा संचालन गर्न स्वेच्छिक रुपमा आवेदन प्राप्त भएको नेप्सेले जनाएको छ ।