नेप्से परिसूचक २४ अंकले उकालो लाग्दा ६८ करोडको सेयर कारोबार, सबै सूचक हरिया
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भएको छ । आइतबार नेप्से २४ दशमलब ८५ अंकले बढेर १३८२ दशमलब १९ अंकमा पुगेको छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा ६८ करोड ७७ लाख रुपैयाँको सेयर करोबार भएको छ । सो दिन कुल १३६ कम्पनीको १४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार करोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३६७ दशमलब ४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूह क्रमशः ६०, ५५, १७ र १२ अंकले उकालो लागेका छन् । त्यसैगरि, अन्य समूह, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ९, ६ र २ अंकले बढेका छन् । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १४६, १३९ र ७३ रुपैयाँ रहेको छ ।
कुमारी बैंकको ५० प्रतिशत हकप्रद खुला, वैशाख १० गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । कुमारी बैंकले सर्वसाधारणको लागि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत ६ गते (आइतबार)देखि ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ३२४ रुपैयाँमा कारोबार भएको थियो ।
आईपीओ निष्काशन गर्ने अनुमति माग्दै सर्पोट माइक्रोफाइनान्स पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशनको अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड ८० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाउने बित्तिकै आईपीओ निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ ।