नेपाल बैंकको ६ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, ४ करोड २७ लाखको सेयर कारोबार

<p>काठमाडौं । सेयर बजार ७ अंकले बढ्दा लगानीकर्ता नेपाल बैंकमा झम्मिएका छन् । बिहीबार मात्रै  यस बैंकको ४ करोड २७ लाख ८० हजार रूपैयाँ सेयर कारोबार भएको छ । जुन रकम उक्त दिनको कारोबारका हिसावले सबैभन्दा बढी हाे । चालु आर्थिक वर्षको ६ महिनामा राम्रो नाफा गरेपछि लगानीकर्ताको आकर्षण नेपाल बैंकमा परेको हो । चालु आवको [&hellip;]</p>

काठमाडौं । सेयर बजार ७ अंकले बढ्दा लगानीकर्ता नेपाल बैंकमा झम्मिएका छन् । बिहीबार मात्रै  यस बैंकको ४ करोड २७ लाख ८० हजार रूपैयाँ सेयर कारोबार भएको छ । जुन रकम उक्त दिनको कारोबारका हिसावले सबैभन्दा बढी हाे ।

चालु आर्थिक वर्षको ६ महिनामा राम्रो नाफा गरेपछि लगानीकर्ताको आकर्षण नेपाल बैंकमा परेको हो । चालु आवको पुससम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ खुदनाफा गरेको छ । नाफाको हिसावमा नेपाल बैंक चाथौ स्थानमा छ । बिहीबार नेपाल बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६५ रुपैयाँमा कारोबार भएको छ । साे दिन बैंकको १ लाख १७ हजार ३३८ कित्ता सेयर किनबेच भएको छ ।

बैंकको सेयर सस्तो हुनुका साथै राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताको आर्कषण बढेको एक ब्रोकरले बताए । “नाफा बाहेक बैंकको सेयर कारोबार बढ्नु अन्य कुनै कारण देखिएको छैन” उनले भने । एक महिनाको सेयर कारोबार हेर्दा नेपाल बैंकको सेयर मूल्य बढ्दै गएकाे देखिन्छ ।

यस्तै लक्ष्मी बैंकको पनि प्रतिकित्ता २७९ मा ३ करोड ३४ लाख २२ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । यस्तै तेस्रो स्थानमा सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेड छ । सानिमाको प्रतिकित्ता ३१९ रुपैयाँमा २ करोड ८५ लाख ६८ रुपैयाँको सेयर किनबेच भएको छ । सानिमाईको सेयर मूल्य घटेका छ । संस्थापक सेयर सबै साधारण भएपछि एक महिनादेखि सानिमामाईको बढी सेयर कारोबार भएको छ ।

समग्रमा बिहीबारको बजार ७ दशमलब ०३ अंकले बढेर १४११ .५२ अंकमा पुगेको छ । सो दिनको बजारमा कुल १५७ कम्पनीका ४१ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, साेही दिन जलविद्युत बाहेक बैंक, वित्त, होटल, बीमा, लघुवित्त र उत्पादन सबै समूहको परिसूचक उकालाे लागेका छन् । सबैभन्दा बढी बीमा समूहकाे सूचक १६ अंकले उकालाे लागेका छ भने जलविद्युत समूह १.४९ अंकले घटेको छ ।

Share News