नेप्सेमा ८६ लाख ६० हजार कित्ता सेयर सूचिकृत, बोनस सेयर मात्रै ६४ लाख कित्ता

काठमाडौं । मंगलबार मात्रै ८६ लाख ६० हजार ८८४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस, हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा बोनस सेयर मात्रै ६४ लाख कित्ता सूचिकृत भएको छ भने ११ लाख ९८ हजार कित्ता साधारण र ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । भक्तपुर फाइनान्सको ७३ हजार ८५० कित्ता, सगरमाथा इन्स्योरेन्स कम्पनीको एक लाख ७० हजार ६९० कित्ता र एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९०७ कित्ता, स्ट्याण्डर्ड चाटर्ड बैंकको १३ लाख ७४ हजार ७५३ कित्ता र गरिमा विकास बैंकको २१ लाख ६१ हजार कित्ता बोनस सेयर थपिएको छ । त्यसैगरि, कञ्चन डेभलपमेन्ट बैंकको पनि ४ लाख ९५ हजार कित्ता बोनस थपिएको छ । साथै, उक्त बैंकको बोनस सेयरका साथै हकप्रद सेयर पनि सूचिकृत भएको छ । मंगलबार कम्पनीको ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । साथै, लक्ष्मी बैंकको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर पश्चात कम्पनीको ११ लाख ९८ हजार ०११ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो ।

१४० कम्पनीको सेयर मूल्यमा वृद्धि, २० कम्पनीका लगानीकर्ताले कमाए करिब १० प्रतिशत

काठमाडौं । आइतबार मात्रै १४० वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन जम्मा १४३ कम्पनीको सेयर कारोबार भएको थियो, जसमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आइतबार कमाउने १४० वटा कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत कमाउनेमा हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले रहेका छन् । सो दिनको बजारमा यी तीन कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५०६, १३४२ र २४२० रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार कमाउने मध्ये १७ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कृषि विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल ग्रामीण विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, एनबी इन्स्योरेन्स लगायत अन्य १२ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । ९ प्रतिशतमाथि कमाउने २० कम्पनी: ४७ अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा करिब ३.६१ अंकको प्रतिशतको गिरावट भएको छ । त्यस्तै, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको सेयर मूल्यमा क्रमशः १.९८ र १.९६ प्रतिशतको गिरावट आएको छ ।

बुटवल पावरले ४० लाख कित्ता एफपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य ४७० रुपैयाँ

काठमाडौं । बुटवल पावर कम्पनी लि.ले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३० रुपैयाँ रहेको छ ।