बेनी बजार बाहिरका ग्रामीण क्षेत्रमा धमाधम सडक कालोपत्रे
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन । बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकामबाहिर पहिलोपटक सडक कालोपत्रे भएको छ । रत्नेचौरमा सडक डिभिजन कार्यालय बागलुङले एक हजार ३०० मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले एक करोड ७३ लाखमा ठेक्का लिएको थियो । दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुण्डे खण्डमा सडक विस्तार, पर्खाल र नाली बनाउन एक करोड ६९ लाखमा अर्को ठेक्का लगाइएको छ । रत्नेचौर बेनी नगरपालिकाले परिकल्पना गरेको चक्रपथको प्रवेश विन्दु हो । यो सडक बेनीको वडा नं २ भकुण्डे र वडा नं ३ भकिम्लीका बासिन्दाले प्रयोग गर्छन् । यसैगरी मङ्गला गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा बाबियाचौर बजारमा सडक कालोपत्रे गरेको छ । गाउँपालिकाका इञ्जिनीयर सुजन पौडेलले एक करोड १३ लाखको लागतमा ६२० मिटर सडक कालोपत्रे गरिएको बताए । “तीनदेखि चार मिटर चौडाइमा आक्सपाल्ट प्रविधिको कालोपत्रे बिछ्याइएको छ”, उनले भने, “गत वर्ष ठेक्का लगाए पनि लकडाउनले कार्यान्वयन हुन सकेको थिएन ।” सोमरस निर्माण सेवाले ठेक्का लिएको थियो । दुई सयभन्दा बढी घरधुरी भएको बाबियाचौरमा यसअघि करिब ६० लाखको लागतमा ७२० मिटर पक्की नाली निर्माण भएको थियो । “घरघरमा निजी धाराबाट खानेपानी वितरण गरिएको छ”, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले भने, “यस वर्ष बाँकी ठाउँमा नाली र सडक कालोपत्रे गर्न ५० लाख विनियोजन भएको छ ।” सडक कालोपत्रे भएपछि सहज र सर्वसुलभरूपमा छिटो छरितो यात्रा गर्न पाउने बाबियाचौरका बलबहादुर कार्कीले बताए । बाबियाचौरका हर्क छन्त्यालले साँघुरा सडकमा हिउँदमा धुलो र बर्खामा हिलाम्मे भएर जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरेको बताए । पैँतालीस वडा रहेको म्याग्दीको गुर्जाबाहेक ४४ वडामा करिब ५०० किलोमिटर सडक निर्माण भएको छ । कच्ची सडकको स्तरोन्नति, नाली निर्माण र कालोपत्रेमा तीनै तहका सरकारले प्राथमिकता दिएका छन् । सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रे गर्न लागेका छन् । बेनी नगरपालिकाले बेनी–अर्थुङ्गे–घतान–पात्लेखेत सडक कालोपत्रे गर्न लागेको छ । म्याग्दीका विभिन्न खोलामा १० मोटरेबल पुल निर्माणाधीन छन् । रासस
चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै
काठमाडाैं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो । ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिका लगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । उनले भने, “मूल्याङ्कन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ ।” तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ । वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए । ती घरहरुमा नक्सा लिएर मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उनले बताए । उनले भने, “घरधनीले पछि विवाद निकाल्न सक्ने सम्भावना छ ।” जम्मा ११ दशमलव छ किमी लम्बाइको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खाली गराउन नसकिएको योजनाले जनाएको छ । अरू कतिपय संरचना हटाइरहेको भए पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने प्रमुख सुवालले बताए । सो सडकमा विद्युत् प्राधिकरणले तार जमीनमुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडकबाहेकको सहायक सडकमा पर्छ । प्राधिकरणले तार सार्ने काम गत वर्षबाटै शुरुआत गरेको थियो । बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ । उनले भने, “मुख्य लेनमा काम भइरहँदा पनि सहायक लेनको काम गर्न सकिन्छ ।” चक्रपथ विस्तारका लागि अहिले यस सडकखण्डमा रूख काट्ने, विद्युत्का पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायत आवश्यक तयारीका काम गत वर्ष शुरु भएको थियो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम सुरु हुने सडक विभागले जनाएको छ । यसअघि कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाएर निर्माण शुरु गरिएको हो । अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रूख काटिएको छ भने झण्डै ४०० पोल सार्ने काम सकिएको छ । उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायत संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको योजनाले जनाएको छ । स्वयम्भू, ठूलोभ¥याङ, महाराजगञ्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रूख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । सडकमा दुई ‘अन्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक निर्माणस्थल खाली गरेर विभागले हस्तान्तरण गरेपछि मात्रै चिनियाँ टोलीले निर्माण सुरु गर्ने बताइएको छ । पहिलो चरणको विस्तार सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहनेछ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो । रासस
पिलुवा खोला हाइड्राेमा जुट्यो लगानी, लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण दिने
काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो । माबिलुङ्ग इनर्जी लि। संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा।वि।स।हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४।९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व.लगानी रहनेछ । यसमा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख लागत रहनेछ । माबिलुङ्ग इनर्जी लि। र नेपाल विद्युत प्राधिकरणबीच गएको श्रावण ९ गते विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो भने श्रावण ९ गते उर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो । माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् । उत्पादन क्षमता ४।९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि। ले झण्डै २८।४१७ गेगावाटआवर ९न्ध्ज० विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने बताइएको छ । नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०१९र२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५।३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन् र तिनीहरुको संयुक्त उत्पादन ६९६।१७ मेगावाट रहेको छ ।