नबिल बैंकको नाफा ६.७६ अर्ब रुपैयाँ, लाभांश क्षमता २१.१६ प्रतिशत

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ३३.९१ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।  समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद फि तथा कमिसन आम्दानी २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ, सञ्चालन नाफा ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकले ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, निक्षेप संकलन ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ ।  बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झारेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.०५ रुपैयाँबाट बढेर ३३.०२ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १६.०५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ रहेको छ ।  ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब ४० करोढ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २१.१६ प्रतिशत पुगेको छ । 

एनआईसी एशिया बैंकको नाफा १४ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशत घटेर ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत घटेर ७ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ र सञ्चालन नाफा ४७.८६ प्रतिशत घटेर ६७ करोड २९ लाख रुपैयाँ छ ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप ४.८० प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा ७.८२ प्रतिशत घटेर २ खर्ब १ अर्ब रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ६५.३९ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्षको चैतमा ५.७५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ८.८५ प्रतिशतमा पुगेको छ ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १.४१ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७२.९७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९२.०४ गुणा छ । 

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशत बढ्यो, खराब कर्जा पनि घटायो

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/३ को तेस्रो त्रैमासमा खुद नाफा ५०.४३ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशत बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा १६.६४ प्रतिशत बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ८ करोड६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप १५.९६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ र कर्जा १२.५७ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा १.७६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर १.२२ प्रतिशतमा झरेको छ ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर १८.३० रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १२.१६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा छ ।