काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ३३.९१ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद फि तथा कमिसन आम्दानी २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ, सञ्चालन नाफा ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म बैंकले ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, निक्षेप संकलन ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झारेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.०५ रुपैयाँबाट बढेर ३३.०२ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १६.०५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ रहेको छ ।
३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब ४० करोढ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २१.१६ प्रतिशत पुगेको छ ।