काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २३.२६ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८५ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९५ करोड रुपैयाँ गरेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब २४ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १.९३ प्रतिशत रहेको छ । २६ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
गत वर्षको चैतमा ५.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ५.२९ प्रतिशतमा झारेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १०.१५ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.२४ गुणा छ ।