नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई नेपाल क्यान्सर अस्पतालमा विषेश छुट

काठमाडौं। नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द« बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले रेडियोलोजी, प्रयोगशाला तथा बेड चार्जमा १० प्रतिसतको विशेष छुटका साथै विकिरण चिकित्सामा ५ प्रतिसतको विशेष छुट प्रदान गर्नेछ । बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत वहाहरुको दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा सो सुविधा प्राप्त गर्न सकिनेछ । नबिल बैंक सधैं आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रखान गर्न निरन्तर रुपमा कार्यरत छ । यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरुले विश्वव्यापी स्तरको स्वास्थय सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको विशेष छुट मार्फत लाभ हुनेछ भन्ने विश्वास बैंकले लिएको छ । ।

गण्डकी विकास बैंकको ७७ औं शाखा कलंकीमा

काठमाडौं। गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । बैंकले आगामि दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम वहादुर थापाले जानकारी दिए। यो सँगै बैंकका ७७ वटै शाखाहरुबाट पूर्ण बैंकिङ सुविधा प्रदान भैरहेकोछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबीबीएस एटीयम । ईसिसी आई पि एस , सि(ए एस बि ए , मोबाईल बैंकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ । बैंकले आ.व. २०७४/७५ मा सञ्चालन मुनाफा रु.७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप संकलन रु.२३ अर्व ५२ करोड र कर्जा लगानी रु. २० अर्व ६ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्त न्यून रहेको छ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले ८.७७ प्रतिशत अर्थात ७ करोड रुपैयाँ नगद लाभांश र १.२३ प्रतिशत अर्थात ९८ लाख ५० हजार रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र २४ औं वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।