कार किन्न सस्तो कर्जा चाहियो ? जानुस राष्ट्रिय वाणिज्य बैंक, ९ प्रतिशत ब्याजमा पाइन्छ

काठमाडौं । नयाँ कार किन्ने तयारीमा हुनुहुन्छ ? बैंकको ब्याजदर महंगो भएर कार किन्न सक्नु भएको छैन ? अब चिन्ता लिनु पर्दैन, सस्तो ब्याजमा कार किन्न कर्जा पाइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले तपाईको कार किन्ने योजनालाई साकार पार्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजमा कार किन्ने योजना ल्याएको छ । कुल रकमको ६५ प्रतिशतसम्म अर्थात ५० लाख रुपैयाँसम्म बैंकले लगानी गरिदिने भएको छ । ऋणको अवधि ७ वर्ष हुने बैंकले जनाएको छ । प्रशोधन शुल्क ०.५ प्रतिशत मात्र रहेको छ । निवेदन दिएको ७ दिनभित्र कार किन्नका लागि निर्णय हुने बैंकले जनाएको छ । बैंकहरुले गाडीको ब्याजदर घटाएका छन् । एभरेष्ट बैंकले ९.९९ प्रतिशत र स्ट्याण्डर्ड चाटर्ड बैंकले ९.४९ प्रतिशत ब्याजमा कार दिने योजना ल्याएका छन् ।

बैंक अफ काठमाण्डुको बोनस सेयर सुचिकृत, साउनयता १४ कम्पनीको ५ अर्ब १३ करोडको बोनस सेयर थपियो

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्चेन्ज लिमिटेडमा बैंकको ८२ करोड ७५ लाख रुपैयाँ बराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर सुचिकृत भएको हो । बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर वितरण गरेको हो । चुत्तापुँजी बढाउन बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेको हो । साउयता विभिन्न १४ बैंक तथा वित्तीय संस्थाको गरी ५ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख ४७ हजार कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएका छन् । बोर्डमा बोनस सेयर दर्ता हुनेमा १ जलविद्युत र बाँकी १३ कम्पनी बैंक तथा वित्तीय संस्था रहेका छन् । सबैभन्दा बढी बोनस सेयर हिमालयन बैंकको छ । बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता रहेको छ । सबैभन्दा कम सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको छ । सुर्यौदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ । यस्तै मेगा बैंकको ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको ९९ लाख ८६ हजार कित्ता, सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता सेयर दर्ता भएको छ । देव विकास बैंकको २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ७० हजार कित्ता, कामना सेवा विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ बराबरको १३ लाख ४ हजार, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार दोहोरो अंकले घट्दा एनएमबी बैंकको सेयर बढी कारोबार

काठमाडौं । मंगलबार सेयर बजार बढेर लगानीकर्तालाई केही राहत दिए पनि बुधबार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर बजार १०.७६ अंकले गिरावट आएको छ । बुधबार व्यापार र होटल समूहको सेयर मूल्य बढे पनि बैंक, बीमा, जलविद्युतको सेयर मूल्यमा गिरावट आएको छ । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बुधबार एनएमबीको प्रतिकित्ता ३५० रुपैयाँमा २ करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको ७४ हजार ५३७ कित्ता सेयर किनबेच भएको छ ।