गण्डकी विकास बैंकको ७७ औं शाखा कलंकीमा

<p>काठमाडौं। गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । बैंकले आगामि दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम वहादुर थापाले जानकारी दिए। यो सँगै [&hellip;]</p>

काठमाडौं। गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । बैंकले आगामि दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम वहादुर थापाले जानकारी दिए।

यो सँगै बैंकका ७७ वटै शाखाहरुबाट पूर्ण बैंकिङ सुविधा प्रदान भैरहेकोछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबीबीएस एटीयम । ईसिसी आई पि एस , सि(ए एस बि ए , मोबाईल बैंकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

बैंकले आ.व. २०७४/७५ मा सञ्चालन मुनाफा रु.७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप संकलन रु.२३ अर्व ५२ करोड र कर्जा लगानी रु. २० अर्व ६ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्त न्यून रहेको छ ।

Share News