
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले ८.७७ प्रतिशत अर्थात ७ करोड रुपैयाँ नगद लाभांश र १.२३ प्रतिशत अर्थात ९८ लाख ५० हजार रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र २४ औं वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।