एनआईसी एशियाले फेरि ल्यायो ‘चमत्कारीक बचत खाता’, मौज्दातमा सुन तथा चाँदी उपहार

काठमाडौं । एनआईसी एशिया बैंकले शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि फेरी “चमत्कारीक बचत खाता” योजना संचालनमा ल्याएको छ । बैंकले सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक विशेषताहरु भएको उक्त बचत खाता संचालनमा ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ७ प्रतिशत वार्षिक ब्याज पाउने छन् । त्यस्तै, न्युनतम मौज्दात एक हजार रुपैयाँ, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी लगायत वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेको यस योजनाको विशेष विशेषता हो । साथै, अनलाइनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने छ । उपहारहरु:  १.१० ग्राम चाँदीको सिक्काः यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख रुपैयाँ भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । २. २५ ग्राम चाँदीको सिक्का: यस बचत खाता खोले पछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात दुई लाख रुपैयाँ भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । ३. २.५ ग्राम सुनको सिक्का: यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख रुपैयाँ भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । ४. ५ ग्राम सुनको सिक्का: यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात ३० लाख रुपैयाँ भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

कन्काई विकास बैंकको वार्षिक साधारणसभा मंसिर १० गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । कन्काई विकास बैंकको १२औँ वार्षिक साधारणसभा आगामी मंसिर १० गते बस्ने भएको छ । सो प्रयोजनको लागि बैंकको आगामी कात्तिक २८ गते बुक क्लोज हुने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकका अनुसार कम्पनीको साधारणसभा मंसिर १० गते दिउँसो १० बजे झापाको दमकमा रहेको गोरखा डिर्पाटमेन्ट स्टोरको सभाहलमा बस्ने भएको छ । सभाले कम्पनीको विभिन्न विशेष प्रस्तावहरु पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम नगद लाभांश र बोनस सेयरको करसहित ३ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश पारित गर्दै छ । त्यस्तै, विकास बैंकको जारी पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउने कम्पनीको विशेष प्रस्ताव रहेको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पुँजी ५० करोडमा एक करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने स्वीकृति प्रदान गर्ने छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचन गर्ने भएको छ ।

वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरेको छ । माइक्रोफाइनान्सको कार्तिक १७ शुक्रबार सम्पन्न सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांश रकम रु २ करोड ५२ लाख ७२ हजार स्वीकृत गरेको छ । उक्त साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोबार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । त्यस्तै, उक्त सभामा संस्थाले उपयुक्त लघुवित्त संस्था पहिचान गरी प्राप्ती गर्ने वा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । सभामा शाखा कार्यालयहरु मध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट दुइ वटा शाखा कार्यालयहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियाे ।